स्वास्थ्य सामग्री लिन चीनको चाङ्शा उड्यो हिमालय एयरलाइन्स | Khabarhub Khabarhub

स्वास्थ्य सामग्री लिन चीनको चाङ्शा उड्यो हिमालय एयरलाइन्स


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ सम्बन्धी अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चाङ्शा उडेको छ ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सको न्यारोबडी जहाज विहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाङ्शाका लागि उडान भरेको कम्पनीले जनाएको छ ।

काठमाडौँबाट उडान भरेको यो जहाज आज राति १२ः५ बजे चाङ्शास्थित हुवानघुवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । एयरवस ३२० कलसाइन नाइनए एएलडब्लु कार्गो जहाज शुक्रबार बिहान ६ः४० बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउनका लागि चार्टर्ड उडान गरिएको कम्पनीका ब्राण्ड तथा सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीले बताए।

नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले लकडाउनको अवधिमा चीनमा यो दोस्रो चार्टर्ड उडान हो । यसअघि यही वैशाख १४ गते चीनको ग्वाङ्जाओमा चार्टर्ड उडान गरेको थियो ।

हिमालयको जहाज चाङ्शाबाट स्वास्थ्य सामग्री लिएर शुक्रबार बिहान काठमाडौँ अवतरण गर्नेछ । लकडाउनको अवस्थामा चीनको ग्वान्जाओबाट स्वास्थ्य मन्त्रालय तथा विभिन्न व्यवसायीले जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री ल्याइरहेका छन् ।

हिमालय एयरलाइन्सले यस उडानका लागी आवश्यक लजिस्टिक सेवाशर्तहरुका लागि नियामक निकायबाट स्वीकृति पाएअनुसार सबै प्रकारका आधारहरु पूरा गरेर चाङ्शा उडान भरेको कम्पनीले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

हिमालयको चाङ्शासँग एयर लिंक पहिले नै स्थापित छ । कोभिड–१९को प्रकोप अघि नै हिमालयले २० नोभेम्बर २०१९ देखि मध्यचीनको हुनानप्रान्तको राजधानीचाङ्शाको साप्ताहिक सीधा उडान गर्दै आएको छ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले पछिल्लो ग्वाङ्जाओ कार्गो उडान सफलतापूर्वक सञ्चालन गरेको ंर चाङ्शा कम्पनीको उडान स्थलहरू मध्ये एक भएकाले दोस्रो कार्गो उडानका लागि सहज भएको बताए ।

उनले कोभिड–१९को प्रकोप हुनुभन्दा अघि नै चीनका पाँच शहरहरुमा उडान सेवा शुरु गरिसकेको र यी हवाई पूलहरूमार्फत महामारीका विरूद्ध लडाइँ जित्नु र राष्ट्रको आपूर्तिलाई सहज गर्न अत्यावश्यक मेडिकल सामग्री ल्याउन कम्पनी तयारी अवस्थामा रहेको बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको विशेष स्वीकृति प्राप्त गरिसकेपछि, हिमालय एयरलाइन्सको फ्लाईट क्रुले नेपाल सरकारको निर्देशनअनुसार स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएको कम्पनीले जनाएको छ । उक्त कार्गो जहाजले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याउनेछ ।

नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ्ग र छोङ्गिनसहित अन्य मुलुकका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।

हिमालयले अहिले आठ बिजनेस क्लास र १५० इकोनोमीक्लास सीट भएका तीन ए३२०–२१४ सिरिज र आठ बिजनेस क्लास र १२० इकोनोमीक्लास सीट भएको एक ए३१९–११५ एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । एयरलाइन्सको निकट भविष्यमा ल्हासा उडान शुरु गर्ने योजना छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  १० : २९ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ