'लकडाउन' अवधिभर विद्युत र इन्टरनेटमा छुट दिइने | Khabarhub Khabarhub

‘लकडाउन’ अवधिभर विद्युत र इन्टरनेटमा छुट दिइने


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले लकडाउन अवधिको बिजुली, टेलिकमकाे इन्टरनेट तथा डाटा प्याकेजमा छुट दिइने भएको छ।

१४ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल दूरसंचार कम्पनीले लकडाउन अवधिको इन्टरनेट तथा डाटा प्याकेजमा २५ प्रतिशत छुट दिने व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको हो ।

साथै निजी सेवा प्रदायकले समेत यस्तो छुट दिने व्यवस्था मिलाउने निर्णय गरिएको छ 

त्यस्तै नेपाल विद्युत प्राधिकरणले मासिक १५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहस्थ ग्राहकको विद्युत महशुलमा २५ प्रतिशत छुट दिने कार्यलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ। 

त्यस्तै मासिक २५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहस्थ ग्राहकलाई लकडाउनको अवधिभर विद्युत महसुलमा १५ प्रतिशत छुट दिने निर्णय बैठकले गरेको छ । 

त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चामल, पिठो, दाल, नुन, चिनी, खाने तेल लगायतका खाद्य सामग्रीको हाल कायम रहेको मूल्यमा १० प्रतिशत छुट दिने र सबै कृषि उपजको खरिद किसानबाट गर्ने व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ८ : ४८ बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना