१४ वर्षीषा बालिकामाथि बलात्कार प्रयासको आरोपमा १ जना पक्राउ | Khabarhub Khabarhub

१४ वर्षीषा बालिकामाथि बलात्कार प्रयासको आरोपमा १ जना पक्राउ


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतामाई– १४ बालिकामाथि बलात्कार प्रयास (जवरजस्ती करणी उद्योग) गरेको अभियोगमा उदयपुर प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको रौतामाई गाउँपालिका-५ हात्तीपाईले बस्ने ३१ वर्षीय अर्जुन विक छन् । विकलाई बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

आफ्नो कोठामा सुतिरहेको अवस्थामा बालिकामाथि बलात्कार गर्न खोजेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो ।

पक्राउ परेका विकविरुद्ध जवरजस्ती करणी उद्योग कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ६ : ०१ बजे

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गैर– जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं

पर्यटन क्षेत्रमा अतिरिक्त करको पुनर्विचार हुनुपर्‍यो :  अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रमा

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल