काठको किला प्रहार गरी श्रीमतीको हत्या गर्ने १ जना पक्राउ | Khabarhub Khabarhub

काठको किला प्रहार गरी श्रीमतीको हत्या गर्ने १ जना पक्राउ


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेलम्बु– आफ्नी ३० वर्षीया श्रीमतीको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेलम्बु गाउँपालिका-७ बंगारे बस्ने ३५ वर्षीय राम बहादुर तामाङ छन् । तामाङले ३० वर्षीया श्रीमती अस्मिता तामाङको हत्या गरेको अभियोगमा बिहीबार दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ ।

तामाङले आफ्नै श्रीमतीलाई काठको किला प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हेलम्बु र इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ५ : ४९ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई