लकडाउनका बेला पसल खोल्ने ७ जना व्यापारी पक्राउ | Khabarhub Khabarhub

लकडाउनका बेला पसल खोल्ने ७ जना व्यापारी पक्राउ


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– लकडाउनका समयमा पसल खोलेको कसूरमा दाङको तुलसीपुरबाट प्रहरीले बिहीबार ७ जना व्यापारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले साताको ३ दिन आइतबार, मंगलबार र बिहीबार अत्यावश्यक सेवाका पसल सञ्चालन गर्न भने पनि अन्य पसल पनि सञ्चालन गरिएपछि तिनका सञ्चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा फेन्सी, स्टेशनरी र जुत्ताका पसल सञ्चालक रहेको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए । पटक पटक सम्झाउँदा पनि अटेर गरेपछि पक्राउ गरिएको र तिनलाई लकडाउन पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएपछि केही बेर इलाका प्रहरी कार्यालयमा राखेर छाडिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ३ : १८ बजे

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा