खाडीका ६ देशमा कोरोना भाइरसले ३०७ को मृत्यु, ५४ हजारभन्दा बढी संक्रमित | Khabarhub Khabarhub

खाडीका ६ देशमा कोरोना भाइरसले ३०७ को मृत्यु, ५४ हजारभन्दा बढी संक्रमित


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ३०७ जनाको मृत्यु भएको छ भने ५४ हजार बढी संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १५७ जनाको मृत्यु भएको छ । त्यहाँ २१ हजार ४०२ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा ९८ जनाको मृत्यु भएको छ भने ११ हजार ९२९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेत २४ जनाको मृत्यु भएको छ भने ३ हजार ७४० जना संक्रमित भएका छन् ।

यस्तै कतार र ओमानमा १०/१० जनाको मृत्यु भएको छ । ती देशहरुमा क्रमश १२ हजार ५६४ र २ हजार २७४ संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ २ हजार ९२१ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  १२ : ११ बजे

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३