सहकारीले बेचिदियो काफल | Khabarhub Khabarhub

सहकारीले बेचिदियो काफल


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पाको माथागढी क्षेत्रमा उत्पादित काफल यति बेला तानसेनको बजारमा भरिएको छ । माथागढी –३ कसेनी सिकारकोटको जंगलबाट स्थानीयवासीले सामूहिक रुपमा टिपेर जम्मा गरेको काफल बजारसम्म बिक्रीको प्रबन्ध भने माथागढी बहुउद्देश्यीय सहकारी संस्थाले मिलाएको छ ।

जंगलमा फलेको काफल टिपेर बजारमा बिकी्र गर्ने र चामल किन्नुपर्ने स्थानीवासीको बाध्यतालाई बुझेर सहकारीले काफल बिक्रीका लागि बजारसम्म पुर्‍याइदिएकामा निकै खुशी लागेको स्थानीयवासी तुलबहादुर घर्ती मगरले बताए । उनले भने, ‘बजारसम्म आफैं बोकेर बिक्री गरी फर्कँदा चामल किनेर ल्याउने गथ्र्यौँ, अहिले सहकारीले बिक्र गरिदियो ।’

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका समयमै काफल टिप्न नपाएर बोटबाटै झरेर सकिन्छ कि भन्ने स्थानीवासीलाई चिन्ता थियो ।

‘काफल बेचेरै जीविकोपार्जनका लागि अन्नको जोहो गर्ने कृषक चिन्तामा थिए, हामीले बजारसम्म लगेर बिक्री गरिदियौँ’, सहकारी संस्थाका अध्यक्ष राजकुमार पन्थीले भने । सहकारीले कृषि ज्ञानकेन्द्र पाल्पासँगको समन्वयमा तानसेन लगेर बिक्री गरेको हो ।

गाउँपालिकाका झडेवा, ज्यामिरे, बक्सादी, कसेनी, सिकारकोटलगायत स्थानमा पर्याप्त काफल पाइन्छ । श्रम गरेर जीविकोपार्जन गर्नेहरु लकडाउनका बेला समस्यामा परेका बेला सहकारीले यसको व्यवस्थापन मिलाएको हो ।

प्रतिमाना रु एक सयका दरले काफल तथा सिप्लिकान, कर्कलो, भुटुक, कोइरालो, काँक्रो, गोलभेंडा, धनियाँलगायत तरकारी करीब रु एक लाख ५० हजार बराबरको बिक्री गरिएको सहकारीले जनाएको छ ।

यसअघि पाल्पाका विभिन्न स्थानसँगै छिमेकी जिल्ला रुपन्देहीसम्म काफल बिक्रीका लागि लैजानुपर्नेमा यस पटक सो बाध्यता हटेको छ । यसअघि लकडाउनका कारण प्राङ्गारिक तरकारी उपयोग गर्न नपाएका पाल्पाका उपभोक्ता गाउँमै उत्पादित तरकारी तथा काफल घरघरमै आइपुग्दा दङ्ग छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ११ : ३६ बजे

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार