कोरोना भाइरस पूर्णरुपमा समाप्त नहुने चिनियाँ वैज्ञानिकको दावी | Khabarhub Khabarhub

कोरोना भाइरस पूर्णरुपमा समाप्त नहुने चिनियाँ वैज्ञानिकको दावी


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ वैज्ञानिकले कोरोना भाइरस कहिल्यै पनि पूर्णरुपमा समाप्त नहुने दावी गरेका छन् ।

वैज्ञानिकहरुको यो दावीसँगै फ्लु फैलिने मौसममा कोरोनाको संक्रमण पुनः देखिने खतरालाई बढवा दिएको छ ।

चीनका भाइरल र मेडिकल शोधकर्ताहरुको रिपोर्ट अनुसार कोरोना भाइरस सन् २००३ तिर फैलिएको सार्स नियन्त्रणमा आएजस्तो समाप्तै भएर जाने अवस्था छैन ।

लक्षण नदेखिने संक्रमितहरुले कोरोना भाइरसको संक्रमण फैलाउने खतरालाई बढाइरहेको द हिलले प्रकाशित गरेको  उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।

एसिम्प्टोम्याटिक संक्रमितहरुले अन्जानमै भाइरस फैलाउने भएकोले यसको नियन्त्रणमा समस्या हुने शोधकर्ताको दावी छ ।

सार्सका संक्रमित एकपटक क्वारेन्टाइन बसेपछि फैलिने क्रम रोकिएजस्तो कोरोनाको हकमा नपाइएको शोधकर्ताहरुले जनाएका छन् ।

कोरोनाको भाइरसको महामारी नियन्त्रणमा आएको चीनले घोषणा गरे पनि पुनः एसिम्प्टोम्याटिक संक्रमितका दर्जनौं केसहरु देखिरहेका छन् ।

चाइनिज एकेडेमी फर मेडिकल साइन्सेजको प्याथोजन बायोलोजीका निर्देशक जिन क्युइका अनुसार कोरोना भाइरसलाई जरैदेखि उल्मुलन गर्न नसकिए यसले लामो समयसम्म महामारीको पुरावृत्ति गरिरहनेछ ।

अमेरिकाको नेशनल इन्ष्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजले पनि गत महिना कोरोना भाइरस मौसमी महामारी बन्ने खतरा रहेको चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ८ : २५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न