काठमाडौं उपत्यकाबाहेक सातै प्रदेशमा ९३ बिरामीको आइसोलेसनमा उपचार हुँदै | Khabarhub Khabarhub

काठमाडौं उपत्यकाबाहेक सातै प्रदेशमा ९३ बिरामीको आइसोलेसनमा उपचार हुँदै


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका बाहेका ७ प्रदेशमा जम्मा ९३ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले आज नयाँ तथ्यांक सार्वजनिक गर्दै काठमाडौं उपत्यका बाहेक ७ वटै प्रदेशमा ९३ जना बिरामीको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा १८ जना, प्रदेश २ मा ८ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ३ जना रहेका छन् ।

यस्तै प्रदेश ५ मा २४ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

७ वटै प्रदेशबाट हालम्म २ सय १९ जनाको कोरोना परीक्षण गरिएकोमा १ सय ४१ जनाको रिपोर्ट नगेटिभ  र ७३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म सुदूरपश्चिम प्रदेशमा एक जना, प्रदेश ५ मा १ जना र गण्डकी प्रदेशमा १ जना गरी काठमाडौं उपत्यका बाहिर रहेका ३ जना बिरामीमा कोरोना संक्रमण देखिएको छ ।

विदेशबाट आएका तथा कोरोना संक्रमण हुनसक्ने जोखिममा रहेका १ हजार २ सय ९९ जना ७ वटै प्रदेशमा क्वारेन्टाईनमा बसेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण फैलन नदिन प्रदेश सरकारले पनि पूर्व तयारी र स्वास्थ्य सेवा व्यवस्थापन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण फैलन नदिन ७ वटै प्रदेशमा १६ हजार ३ सय ६७ जनालाई पुग्ने क्वारेन्टाईन वेड तयारी अवस्थामा रहेको छ । यस्तै १ हजार ३ सय ६८ वटा आइसोलेसन वेड समेत प्रदेश सरकारले निर्माण गरीसकेको छ ।

कोरोना संक्रमणको आशंका गरिएका तथा संक्रमित बिरामीको उपचारमा खटिने चिकित्सकका लागि ७ वटै प्रदेहमा १ हजार ३ सय ७० वटा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) पनि रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइन, आइसोलेन र विरामीको प्रदेशगत अवस्था यस्तो छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ६ : ४५ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५