भूकम्पमा छोरो गुमाएका डोटेल युएईमा मृत भेटिए, लकडाउनले रोकिएको शव कुर्दै पत्नी र छोरी | Khabarhub Khabarhub

भूकम्पमा छोरो गुमाएका डोटेल युएईमा मृत भेटिए, लकडाउनले रोकिएको शव कुर्दै पत्नी र छोरी


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसका कारण यतिवेला विश्वमा महामारी फैलिएको छ ।

कोरोना भाइरस संक्रमणको प्रभावमा रहेका धेरै देशहरुले आन्तरिक तथा वाह्य उडान रोकेका छन् भने आफ्ना देशका सीमा नाकाहरु समेत सिल गरेका छन् । नेपालले अन्तर्राष्ट्रिय हवाइ उडान रोकेको छ ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन भन्दै सरकारले लकडाउन गरेको छ ।

विश्वका विभिन्न मुलुकले कोरोना संक्रमणको त्रासका कारण लकडाउन गरिरहेका छन् ।

यस्तो परिस्थितिमा वैदेशिक रोजगारीमा गएका नेपालीसमेत विदेशी भूमिमा नै रोकिएका छन् ।

वैदेशिक रोजगारीकालागि गएका देशले स्वदेश फर्कन अनुमति दिएको भएपनि नेपालमा उडान रोकिनु र देशमा लागेको लकडाउनका कारण नेपालीहरु विदेशी भूमिमा नै रोकिएका छन् ।

लाखौं नेपाली वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका छन् ।

शवसमेत उतै रोकियो

वैदेशिक रोजगारीका लागि विदेशी भूमिमा रहेको अवस्थामा ज्यान गुमाएकाको परिवारको अवस्था त झन् यतिबेला निकै पीडादायी बनेको छ ।

विदेशी भूमिमा ज्यान गुमाएका आफन्तको शवसमेत ल्याउने वातावरण कोरोना भाइरसका कारण रोकिएको अवस्थामा छ ।

खाडी मुलुक यूएईमा कार्यरत नुवाकोट बेलकोटगढी–१२ का ३५ वर्षीय हरिशरण डोटेलले एक हप्ता अघि ज्यान गुमाए । तर उनको शव तत्काल नेपाल ल्याउने अवस्था रहेको छैन । कोरोना भाइरसका कारण उनको शव नेपाल ल्याउन प्रकृयासमेत अघि बढ्न सकेको छैन ।

विदेशमा रहेका राजदूतावासले यतिबेला अत्यावश्यक सेवा फोनबाट समाधान गरिरहेका छन् ।

नेपालमा रहेको वैदेशिक रोजगार बोर्डको पनि नियमित सेवा बन्द रहेको छ । उसले विदेशमा ज्यान गुमाएकाको शव ल्याउने बाहेकका अन्य काम रोकेको छ । तर डोटेलको शव ल्याउने प्रकृयासमेत शुरु हुन सकेको छैन ।

आबुधावीस्थित बेभर्ली हिल्स मेडिकल सेन्टरमा कार्यरत डोटेल एक हप्ताअघि आफ्नै कोठामा मृत भेटिएका थिए ।

आइतबार आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका डोटेलको मृत्युबारे गएको सोमबार दूतावासमा जानकारी आएपछि दूतावासले कम्पनीमा सम्पर्क गरेको थियो ।

कम्पनीको निवास छोडेर बाहिर बस्दै आएका हरिशरण काममा लगातार दुई दिनसम्म नआएको भन्दै कम्पनीले खोजी गरिरहेको जनाएको थियो ।

दूतावासका अनुसार कोठामा झुन्डिएर आत्महत्या गरेको भन्दै सँगै बस्दै आएकी नुवाकोटकै एक महिला र अन्य दुई पुरुष दूतावासमा पुगेका थिए ।

मृत्यु शंकास्पद भएको परिवारले दाबी गर्दै आएको छ ।

अनुसन्धानका लागि भन्दै हरिशरणसँग बस्दै आएकी महिलालाई स्थानीय प्रशासनले पक्राउ गरेको छ ।

उनले आत्महत्या गरेको भन्दै दूतावासमा उनीसँगै बस्दै आएका व्यक्ति पुगेको भएपनि परिवारका सदस्य भने उनको हत्या भएको आशंका गर्छन् । तर कोरोना भाइरसको महामारीकाबीच पोस्टमार्टम रिपोर्ट आउनसमेत सकेको छैन ।

आफूहरुले छानविनको माग गरेको भएपनि अहिलेको अवस्थामा त्यो अघि बढ्न नसकेको हरिशरणका भतिज अश्विन डोटेलले बताए ।

आफ्ना काका कमजोर मानसिकता भएको व्यक्ति नभएको भन्दै उनले आत्महत्या गरेको कुरामा विश्वास गर्न नसकिने बताए ।
उनले शव ल्याउन कति समय लाग्छ भन्ने थाह नभएको बताए ।

गत मंसिरमा १५ दिनको छुट्टीमा आएर हरिशरण फर्किएका थिए । २०७२ सालको विनाशकारी भूकम्पमा छोरो गुमाएका उनले १३ वर्षको उमेरमा नै बुवालाई गुमाएका थिए । त्यस्तै उनले केही वर्ष पहिला दाजुलाई गुमाएका थिए । उनकी श्रीमती र १४ वर्षीया छोरी अहिले नुवाकोटमा छन् ।

विदेशी भूमिमा ज्यान गुमाएका पति र बुवाको शव समेत समयमै सद्गत गर्न नपाएपछि उनीहरुको पीडा कम छैन । विदेशी भूमिमा पति र बुवा गुमाउनु परेको पीडामा डोटेल परिवारलाई कोरोना भाइरसले थप पीडा दिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ५ : ३८ बजे

कतारका अमिर स्वदेश फिर्ता

काठमाडौं– मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी

‘डिप फेक’को शिकार बने रणवीर  

काठमाडौं– एकपछि अर्को गर्दै बलिउड कलाकारहरु ‘डिप फेक’ भिडियोको शिकार

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका