कोरोनाको उपचारमा अमेरिकामा एचआइभी एड्सको औषधि ! २ जना विरामी निको भएको दावी | Khabarhub Khabarhub

कोरोनाको उपचारमा अमेरिकामा एचआइभी एड्सको औषधि ! २ जना विरामी निको भएको दावी


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको औषधि र खोप परिक्षणको अवस्थामा रहेका बेला अमेरिकाको न्युयोर्कस्थित एक अस्पतालले एचआइभी एड्सको औषधि चलाएर दुई बिरामीलाई निको पारेको दावी गरेको छ ।

अस्पतालमा निकै सकिस्त भएर आएका सात जना बिरामीलाई भेन्टीलेटरमा राखिएको थियो । अत्याधिक चापले के गरौं कसो गरौं भएका चिकित्सकले शरिरको प्रतिरोधात्मक क्षमता बढाउन प्रयोग गरिने एचआइभी एड्स र स्तन क्यान्सरको औषधि भेन्टीलेटरका बिरामीलाई चलाएपछि ती मध्ये दुई जना निको भएको दावी गरिएको छ ।

अन्य दुई जनाको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । बिरामीलाई लेरोनिलाम्ब नामक औषधि चलाइएको थियो जुन औषधि एचआइभी एड्सका बिरामीलाई खुवाउने गरिन्छ ।

 औषधिको निर्माता कम्पनी बायोटेक फर्म साइटोडीनले कोरोना भाइरसका गम्भीर बिरामीलाई सो औषधिले निको हुने दावी गर्दै आएको छ ।

सो औषधि अन्य ७० जनामा पनि परिक्षणको लागि चलाइएको औषधी निर्माता कम्पनी साइटोडायनका प्रमुख डा. नादर परहसनले जनाएको बेलायतको प्रतिष्ठित पत्रिका डेलीमेलले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १० : ३१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०