चीनबाट ल्याइएका स्वास्थ्य सामग्री पुर्‍याउन गएको सेनाको स्काइ ट्रक बीच बाटोबाटै फिर्ता | Khabarhub Khabarhub

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री पुर्‍याउन गएको सेनाको स्काइ ट्रक बीच बाटोबाटै फिर्ता


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चीनबाट ल्याएका स्वास्थ्य सामग्री बोकेर सुदूरपश्चिम प्रदेश गएको नेपाली सेनाको स्काइ ट्रक बीच बाटो बाटै फर्किएको छ ।

सरकारले चीनबाट ल्याएका व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, सेनिटाइजर लगायतका सामग्री बोकेर सेनाको ट्रक सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुदूरपश्चिमका लागि उडेको थियो ।

तर, विमानमा लोड गरिएका सामानबाट एक प्रकारको गन्ध (राग) आएको र उक्त रागका कारण चालक दलका सदस्यहरुले अप्ठेरो महसुस गरेपछि सेनाको स्काई ट्रक सामान नपुर्‍याइ बीच बाटोबाटै काठमाडौं फर्किएको हो ।

नेपाली सेनाका एक उच्च अधिकारीले सुदूरपश्चिममा सामान पुर्‍याउन गएको स्काइ ट्रक फिर्ता भएको पुष्टि गरेका छन् । यद्यपि यसबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले घटनाबारे विस्तृत रुपमा बुझे पछि मात्रै आफूले त्यसबारे प्रतिक्रिया दिन मिल्ने बताएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १० : २५ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश