घरभाडा नलिन सरकारले गरेको आग्रहमा महासंघ सकारात्मक | Khabarhub Khabarhub

घरभाडा नलिन सरकारले गरेको आग्रहमा महासंघ सकारात्मक


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको असर अर्थतन्त्रमा पनि परेको भन्दै सरकारले चैत्र महिनाको घरबहाल नलिन घरबेटीलाई गरेको आग्रह सकारात्मक भएको घरबहाल सरोकार महासंघले जनाएको छ ।

‘विषम परिस्थितिमा सरकारले लिएको निर्णय सकारात्मक छ,’ महासंघका अध्यक्ष बलभद्र खनालले भने, ‘संकटको यो अवस्थालाई घरबेटीले बुझ्नुपर्छ निर्णय कार्यान्वयन हुनेमा विश्वस्त छु ।’

सरकारले रोजगारी तथा व्यवसाय गरेर जीविकोपार्जन गर्नेहरु लकडाउनका कारण घरमै रहनुपर्ने अवस्था भएपछि आम्दानीको बाटो नै बन्द भएकाले चैत्रको घरभाडा नलिन घरबेटीलाई आग्रह गरेको थियो ।

घरभाडा नलिनेको घरवहाल  कर छुट दिने सरकारले घोषणा गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ९ : ५६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६