विकासको दम्भमा कोरोनाको विश्व भ्रमण « Khabarhub
Logo
१८ जेठ २०७७, आइतबार

विकासको दम्भमा कोरोनाको विश्व भ्रमण



ब्रह्माण्डको सृष्टिको शुरूआतबाट अहिलेसम्म गरिएका सबै किसिमका विकासका फाइदा र बेफाइदा दुवै छन् । वरदानसँग अभिशाप पनि जोडिएर आउँछ ।

भीष्म पितामहलाई इच्छा मृत्युको वरदान त थियो तर त्यससँगै बाँणको शैय्यामा आफैँले मर्न रोजेको समय कुर्नुपर्ने अभिशाप पनि । भगवान श्रीकृष्ण आफैँले पनि महारानी गान्धारीको श्राप भोग्नु पर्‍यो । जस्तो करनी उस्तै भरनी भने जस्तै हो ।

विकास होस् वा विनाश, त्यसले नयाँ परिस्थितिको सृजना गर्छ । विज्ञान र प्रविधिको विकासले अझ हामीलाई एउटै परिवारको सदस्यजस्तो बनाइदिएको छ ।

एकातर्फ अङ्गप्रत्यारोपण, मानवनिर्मित अङ्ग, औषधिहरूले मानवजवनीको अवधि लम्बिएको छ । अर्कोतर्फ विषादी र परमाणुहरूले जीवन अनिश्चित बनाइदिएको छ ।

शक्तिसञ्चयको होडले हामीलाई धृतराष्ट्रको पुत्रमोहजस्तो बनायो जसको कारण विश्व आज कोरोनाजस्तो अकल्पनीय महामारीको शिकार हुन पुग्यो ।

ग्लोबल वार्मिङले निम्त्याएका समस्या र त्यसको समाधानका निम्ति ग्लोबल बैठकहरूमा कुरा उठ्छ, बहस हुन्छ, अग्रिमेन्ट साइन हुन्छ तर उही ग्रेटा थनबर्गले ‘हाउ डेयर, यु हेव स्टोलन माइ ड्रिम्स एण्ड माइ चाइल्डहुड’ भनेजस्तै हाम्रो स्वस्थ जीवन पनि हामीबाट चोरिँदैछ, खोसिँदैछ ।

हाम्रो ऊर्जावान समय अझ घरको चार दिवारभित्र खाना, खाट र शौचमा बित्न बाध्य भएको छ । त्यो पनि कति दिनका लागि हो, एकिन छैन ।

मानवीय सुखसुविधा र सम्पन्नताका लागि गरिएको प्रकृतिको दोहनले मानवका अगाडि अनेकौँ चुनौतीका काला बादल मडारिएका छन् । विकाससँगै विनाशले भविष्यमा निम्त्याउन सक्ने चुनौतीहरूको आकलन गरिएन । शक्तिशालीहरू अझ शक्तिशाली बन्ने, आफूमात्र सुरक्षित हुने र विश्वमा प्रभुत्व जमाउने सोचमा पुगे ।

मानिसको खाने आनीबानीको कुनै सीमा रहेन । मानिस यति निर्दयी बन्यो कि मानिसलाई जसले बच्चादेखि पौष्टिक आहार दिएर शक्तिशाली बनायो उनैको मासु मानिसलाई सबैभन्दा मिठो बन्यो । मालिकप्रति सबैभन्दा वफादार नै सुरक्षित हुन सकेन । के खाने के नखाने भन्ने सीमै रहेन ।

चाहेर पनि राष्ट्रिय सीमानाहरूले भाइरसलाई रोक्न सकेनन् । हातहतियार र परमाणुको उत्पादनभन्दा सेफ्टी कीट बढी आवश्यक रहेछ भन्ने शक्तिशाली राष्ट्रहरूले पनि थाहा पाए । यस घटनाले विश्वलाई नयाँ सोचतिर लैजाने छ ।

माल्थसले १७९८ मा लेखेको पुस्तक ‘एन एस्से अन द थियरी अफ पपुलेशनमा’ मा भनेका छन् : जनसंख्या ज्यामितीय दरले वृद्धि भइराखेको छ तर मानवलाई चाहिने स्रोत अंकगणितीय दरले मात्रै बढेको छ जसले गर्दा सहज आपूर्ति हुन सक्दैन ।

यसका लागि दुई किसिमका चेक उनले उल्लेख गरेका छन् । मुख्य हो, पोजिटिभ चेक जुन प्रकृतिले आफैँ सन्तुलन मिलाउँछ जसमा भुखमरी, महामारी र अन्य सामाजिक एभिलहरू हुनसक्छन् । कोरोनालाई पनि एक किसिमको पोजिटिभ चेकको रूपमा लिन सकिन्छ ।

सनातनवादीहरूले पिपल, गाई, कुकुर, काग, नाग, नदी, चन्द्रमा, सूर्य, प्रकृति, पृथ्वी, हातहतियार, खड्ग, पैसा, किताब, सबैका लागि चाडपर्व र पूजा गर्ने चलन चलाए । यसले मानिसलाई सबैको महत्व बुझायो, आदर र संरक्षण गर्न सिकायो ।

तर, आधुनिकता र पैसाको आडमा आफ्नै धर्मसंस्कृति, आस्था र मूल्यमान्यताको अपमान गर्ने र धर्मका नाममा विभिन्न सम्प्रदायमार्फत आन्तरिक द्वन्द्व बढाएर आफ्नोपन बिर्सिएर अर्काको नक्कल गर्नेले आपसी सम्बन्धमा तिक्तता भरिदिए । हामी मूक दर्शक बन्न बाध्य छौँ ।

हाम्रो धर्मले स्थापित गरेको मानव—प्रकृति अन्योन्याश्रित सम्बन्ध पश्चिमी प्रभावले पारपाचुकेको अवस्थामा छ । अहिले कोरोनाको वैश्विक संकटको पछाडि पक्कै पनि कुनै कारण छ जुन मानव सोचभन्दा पर छ ।

कोरोनाको प्रकोपले अहिलेसम्मका चिन्तनमाथि र हाम्रो अस्तित्वमाथि ठूलो प्रश्न खड़ा गरिदिएको छ । विज्ञान र प्रविधिको विकास र विस्तारमा हामी अन्धो भएका थियौँ, त्यसलाई पनि विकलाङ्ग बनाइदियो । वैश्वीकरणले सम्पूर्ण विश्वलाई एउटा गाउँमा परिणत गरेको थियोे जसको पुष्टि कोरोनाले पनि गर्‍यो ।

स्टेफेनले मानिसको चुनौती पनि बताएका छन् । उनको तर्क छ, कोलम्बसले अमेरिका पत्ता लगाएपछि त्यहाँका जनतालाई जसरी बन्दी बनाएका थिए, त्यसरी नै एलियनहरू पृथ्वीमा आएर मानिसलाई बन्दी बनाउन सक्ने छन् ।

चाहेर पनि राष्ट्रिय सीमानाहरूले भाइरसलाई रोक्न सकेनन् । हातहतियार र परमाणुको उत्पादनभन्दा सेफ्टी कीट बढी आवश्यक रहेछ भन्ने शक्तिशाली राष्ट्रहरूले पनि थाहा पाए । यस घटनाले विश्वलाई नयाँ सोचतिर लैजाने छ ।

यस संकटले अहिले प्रचलित मानवीय मूल्यमान्यताहरूलाई नै कठघरामा उभ्याउने भयो । पूर्ण लोकतान्त्रिक शक्तिशाली राष्ट्रहरू निरीह छन् । एकल पार्टीवाला चीनले यसमाथि विजय प्राप्त गरी विश्वलाई पाठ सिकाउँदै सहयोग गरिरहेको छ ।

मेरो विचारमा डरेन ऐसिमोग्लु र जेम्स ए रोबिन्सनले आफ्नो किताब ‘द नैरो कौरिडोर स्टेट्स, सोसाइटिज एण्ड द फेट अफ लिबर्टी’ मा भनेजस्तै युरोपियन देशहरू र अमेरिकालाई हेर्दा पूर्ण स्वतन्त्रताले पनि काम गर्दैन जस्तो प्रमाणित गर्दैछ । अधिकारको नाममा सरकारको आदेश नमान्दा ठूलो विनाश निम्तिदैछ ।

चीनले कोरोनासँग लड्दा विश्वले मजाक बनायो र उसको विकास अब अवरुद्घ हुने भयो भन्नेमा आत्मरति गर्‍यो । उही दुई गुना वरदानवाला कथा छ नि, जसमा छिमेकीको प्रगति देखेर आरिसमा भगवानसँग मेरो एउटा आँखा फोरिदिनुहोस् भनी माग्छ जसले गर्दा छिमेकीको दुवै आँखा जाओस् र अन्धो होस् ।

हाम्रो मानवीय प्रवृत्ति यस्तै छ । जब शक्तिशाली राष्ट्रहरूमा कोरोनाको बज्रपात भयो तबमात्र उनीहरूलाई थाहा भयो कोरोना पीडा कस्तो थियो । जस्टिस डिलेड इज नो जस्टिस भनेजस्तै समयमा निर्णय नगर्नाले पनि ठूलै नोक्सान हुने रहेछ ।

हामीकहाँ त निर्णय क्षमता र इमानदारी दुबै कमजोर छन् । हाम्रो हालत त यस्तो छ कि कुरा गरी साध्य नै छैन । हामी त एउटा कडीमा बाँधिएका छौँ, जसको एउटामात्र साङ्लो फुस्कियो भने कडी कमजोर बन्छ र त्यसको असर अरूमा पनि पर्छ । नत्र, चीनमा भएको एउटा सानो नदेखिने भाइरसले संसारलाई हल्लाउने थिएन ।

विकसित भनिएका देशहरूमा त कोरोनाले दाँतबाट पसिना निकालिदिएको छ र त्यहाँका राष्ट्रप्रमुखहरूले आत्मसमर्पण गरेका छन् भने हाम्रोजस्तो विकासशील र अविकसित मुलुकको के हालत होला कल्पनाले पनि आङ सिरिङ्ग हुन्छ ।

कोरोनाले मानिसको दम्भ चकनाचुर पारिदिएको छ । आजसम्मको सोच र व्यवहार परिवर्तन गर्दै अघि बढ्नु अबको आवश्यकता भएको छ ।

मानिसलाई घेरै चुनौतीका खातले पर्खेर बसेका छन् । विकसित देशमा समुद्र सतहका शहरहरू डुब्न सक्ने आकलन छ । भगवान श्रीकृष्ण स्वयंमले निर्माण गरेको शहर द्वारिका समुद्रमा डुबैकै छ ।

अर्कोतिर स्टेफेनले मानिसको चुनौती पनि बताएका छन् । उनको तर्क छ, कोलम्बसले अमेरिका पत्ता लगाएपछि त्यहाँका जनतालाई जसरी बन्दी बनाएका थिए, त्यसरी नै एलियनहरू पृथ्वीमा आएर मानिसलाई बन्दी बनाउन सक्ने छन् ।

प्रकृतिलाई कम आक्नु, मानवता कमजोर बनाउनु, हतियारको विकासमा आफ्नो सुरक्षा देख्नु र आणविक विकासमा ठूलो धनराशि खर्च गर्नु, मानवीय आवश्यकतालाई प्राथमिकतामा नराख्नु, समस्यामाथि समस्यालाई स्वागतको प्रतीक्षा हुन सक्छ ।

सनातन दर्शनमा उल्लेख गरिएका राजा परिक्षित असल, ज्ञानी, मानवतावादी, अरूको सम्मान गर्ने स्वभावका थिए तर कलि उनको सुनको मुकुटमा बसिदिँदा उनको मति भ्रष्ट भयो । अनि, ऋषिको अपमान गर्न पुगे जसका कारण उनको अन्त्य भयो ।

मानिसलाई घेरै चुनौतीका खातले पर्खेर बसेका छन् । विकसित देशमा समुद्र सतहका शहरहरू डुब्न सक्ने आकलन छ । भगवान श्रीकृष्ण स्वयंमले निर्माण गरेको शहर द्वारिका समुद्रमा डुबैकै छ ।

यसरी नै आणविक भट्टीका मालिकहरूको मति भ्रष्ट भयो भने संसार ध्वस्त हुन सक्छ । तसर्थ, ऋषिमुनि, ज्ञानी, प्राज्ञ, वैज्ञानिकहरूका अनुभव र भनाइहरूलाई आधार बनाउँदै, पुराना दर्शनहरूको अनुसन्धान गर्दै नयाँ सोचको आवश्यकता वर्तमानको अकल्पनीय कोरोनाको चुनौतीले देखाएको छ ।

एक व्यक्ति, एउटा समुदाय, एउटा प्रजाति वा एउटा देशको सम्पन्नता, विकास र सुरक्षाले मात्र ऊ सुरक्षित हुँदैन भन्ने शिक्षा चीनबाट कोरोनाले गरेको विश्वभ्रमणबाट लिन सकिन्छ ।

हनुमानले एकैचोटीमा देवी रुकमिणी, श्रीकृष्णका वाहन गरुड र सुदर्शन चक्रको दम्भ चकनाचुर पारिदिएका थिए । त्यसैगरी कोरोनाले मानिसको दम्भ चकनाचुर पारिदिएको छ । आजसम्मको सोच र व्यवहार परिवर्तन गर्दै अघि बढ्नु अबको आवश्यकता भएको छ ।

(लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्)


भर्खर

0