लकडाउनपछि विश्वभरको वायुमण्डलमा सुधार | Khabarhub Khabarhub

लकडाउनपछि विश्वभरको वायुमण्डलमा सुधार


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण रोक्न भन्दै अधिकांश मुलुकले गरेको लकडाउनपछि विश्वभरका कलकारखाना तथा सवारी साधन बन्द हुँदा बातावरणमा सकारात्मक प्रभाव पारेको छ ।

न्यु साइन्टिस्टका अनुसार अन्टार्कटिकामाथिको ओजोन तहको प्वाल टालिनेक्रम बढेपछि विश्वभरको वायुमण्डलमा सुधार आएको छ ।

सन् १९७५ देखि यसरी कार्बनडाइअक्साइडको उत्पादन न्यून भएको यो दोस्रोपटक भएको बताइएको छ । कोभिड–१९ महामारीपछि लकडाउन भएका इटाली र चीनजस्ता देशहरूमा वायु प्रदूषण घटेको देखिएको छ।

वायुमण्डलमा सुधार भएपछि खराव वायुको बहाव रोकिएको साइन्स एलर्टले जनाएको छ। सन् १९८० को अन्त्यतिर ओजोन सतहमा क्षतिसँगै दक्षिणी वायु दक्षिणी ध्रुवतर्फ धकेलिएको थियो।

यसले गर्दा वर्षा र समुद्री हावाको बहावको ढाँचा पनि परिणत भएको अध्ययनले देखाएको थियो। सन् १९८७ को मोन्ट्रियल प्रोटोकलले भनेअनुसार ओजोन सतहमा क्षति पुर्‍याउने उत्पादन निषेध गरेको थियो ।

विश्वभरको यस्तो लकडाउनका कारण भएको वायुमण्डलीय परिवर्तनले काम गर्न थालेको दावी गरिएको छ ।

साइन्स डेलीको अनुसन्धान प्रतिवेदनअनुसार भू – उपग्रहबाट गरिएको नयाँ अनुसन्धान र हावापानीको तथ्याङ्क विश्लेषणबाट ओजोन सतह सुधारोन्मुख हुँदै गएको बताइएको छ ।

न्यु साइन्टिस्टले भने ओजोन तहको पूर्ण सुधार अर्को दशकभन्दा अघि सम्भव नभएको जनाएको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ७ : ३७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०