कोरोना भाइरस : अमेरिकामा २४ घण्टाको अवधिमा १८ हजार बढी संक्रमित, २ सय ५५ को मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : अमेरिकामा २४ घण्टाको अवधिमा १८ हजार बढी संक्रमित, २ सय ५५ को मृत्यु


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सख्या २ हजार ४ सय ७५ पुगेको छ । १ लाख ४१ हजार ८ सय ५४ जना संक्रमित छन् ।

संक्रमितमध्ये ४ हजार ४ सय ३५ जनाले उपचारपछि घर फर्केको अवस्था छ ।

वल्डोमिटरले उपलब्ध गराएको तथ्यांक अनुसार अमेरिकामा २४ घण्टाको अवधिमा १८ हजार २ सय ७६ जना कोरोना संक्रमित नयाँ बिरामी भेटिएका छन् । त्यस्तै २ सय ५५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा सबैभन्दा बढी संक्रमित न्युयोर्कमा छन् । न्यूयोर्कमा मात्रै ५९ हजार ६ सय ४८ जनामा संक्रमण देखिएको छ । त्यहाँ देखिएकामध्ये ६ हजार २ सय ५५ नयाँ संक्रमित हुन् । त्यस्तै ९ सय ६५ जनाले ज्यान गुमाएका छन् । विगत २४ घण्टाको अवधिमा न्युयोर्कमा मात्रै ८२ जनाको मृत्यु भएको छ ।

त्यस्तै न्यूजर्सीमा संक्रमितको संख्या १३ हजार ३ सय ८६ पुगेको छ । १६१ जनाले ज्यान गुमाएका छन् ।

क्यालिर्फोनियामा पनि ६ हजार २ सय ४ जना संक्रमित हुँदा १३१ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ६ : ४९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०