खुशी हुने चार तरिका | Khabarhub Khabarhub

खुशी हुने चार तरिका


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मानीस खुशी हुनु र सुखी हुनु फरक कुरा हुन । टन्न धनसम्पति भएर सबै कुरा पुग्दो हुँदा पनि मानिस खुशी हुन सकिरहेका हुँदैनन ।

तर कोही चाँही अभावमा पनि रमाइरहेको देखिन्छ । यसको अर्थ यो हो कि सुख हुँदैमा जीवनमा खुशी आउँदैन ।

खुशी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन्। कोही शान्त वातावरणमा रमाउँदा खुशी  हुन्छन त कोही आफ्नो मिल्ने साथीहरुसँग समय बिताउन पाउँदा खुशी हुन्छन ।

कोही चाँही आफ्नो सपनालाई पछ्याउँदै स्वतन्त्र रुपमा अगाडि बढ्नुलाई खुशी मान्छन । जे जस्तो भए पनि खुशी रहनु ठूलो कुरा हो।

खुशीले मानिसलाई आत्मसन्तुष्टि दिन्छ। तपाईंलाई कसरी खुशी रहने भनेर जिज्ञासा छ भने केही उपायहरु अपनाउन सक्नुहुन्छ।

 १. हरेक दिन ऐना अगाडि मुस्कुराउँनुस् 

हामी खुशी मुस्कानमा समेत झल्किन्छ । हामी जब खुशी हुन्छौँ तब हाँस्छौँ।

मुस्कुराउनु किन राम्रो हो भने यसले दिमागबाट डोपामिन नामक हार्मोन रिलिज गर्छ, जसले गर्दा हामी खुशी हुन्छौँ।

हाँसोको मतलब बनावटी हाँसो होइन। हरेक बिहान ऐना अगाडि हाँस्ने अभ्यास गर्नुस्, खुशी हुन सिकिन्छ।

 २. कसरत गर्नुस्

कसरत शरीरका लागि मात्र आवश्यक छैन। नियमित व्यायामले तनाव, चिन्ता अनि डिप्रेसनका लक्षणहरुलाई आत्मविश्वास र खुशीमा बदल्न मद्दत गर्छ।

थोरै मात्र व्यायाम गर्दा पनि धेरै फरक पार्छ। ५ मिनेट पनि आङ तन्काउनुभयो भने हल्का हुन्छ। त्यसैगरी हिँड्ने बानी बसाल्न सक्नुहुन्छ।

रातिको खाना खाएपछि एकछिन टहल्नु राम्रो हुन्छ। त्यसैगरी योग कक्षा पनि लिन सक्नुहुन्छ। नृत्य गर्नुहोस्, आफ्नो मन परेको खेलकुद खेल्नुस् खुशी भइन्छ।

 ३. डायरी या टिपोट गर्ने बानी बसाल्नुस्

लेख्नु आफ्ना विचार तथा भावना पोख्ने अनि योजना बनाउने राम्रो माध्यम हो। यसरी लेख्दा मन हल्का हुन्छ।लेख्नका लागि तपाई विद्धान वा एकदमै लेख्न जान्ने हुनुपर्छ भन्ने छैन। हरेक रात सुत्नुभन्दा पहिले केही न केही लेख्ने बानी बसाल्नुस्।

४. साथीभाइ वा प्रेमीसँग भेट्नुस् 

मिल्ने साथी भयो भने धेरै कुरा सेयर पनि हुन्छ र खुशी रहन सकिन्छ। साथीहरुको याद आयो भने समय मिलाएर भेट्नुस् ।

प्रत्यक्ष भेट्नै सकिएन भने पनि फोन तथा म्यासेजमा कुरा गर्दाको क्षण पनि आनन्दाभूती दिने हुन्छ। जति ठूलो हुँदै गयो, साथीहरु पनि घट्दै जान्छन्।

धेरै साथीहरु हुनु ठूलो कुरा होइन, मिल्ने साथी हुनुपर्छ। एउटै साथी भए पनि काफी हुन्छ। एउटै साथी धेरै नै मिल्ने भए, उसलाई प्रेमी बनाउँदा पनि फरक पर्दैन । उमेरले प्रेमलाई छेक्दैन ।

 

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ११ : ५४ बजे

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत

सूर्य नेपाल ओपन : पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता,