कोरोना भाइरस प्रकोप: स्थलमार्ग प्रयोग गर्नेमाथि पनि निगरानी बढाइयो | Khabarhub Khabarhub

कोरोना भाइरस प्रकोप: स्थलमार्ग प्रयोग गर्नेमाथि पनि निगरानी बढाइयो


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्यकर्मीले कोरोना भाइरस फैलिन नदिन चीनबाट स्थलमार्ग भएर नेपाल भित्रिने सर्वसाधारणमाथि निगरानी गर्ने भएका छन् ।

हालसम्म हवाईमार्ग प्रयोग गरेर नेपाल भित्रिने नागरिकमाथि निगरानी गरिँदैआएकामा अब चीनसितको सीमा नाकामा आवतजावत गर्नेमाथि निगरानी गरिनुका साथै सीमामा उच्च सतर्कता अपनाइने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विहीबार आयोजित पत्रकार सम्मेलनमा  प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनसितको सीमा नाका रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी भएर नेपाल भित्रिने नागरिकमाथि निगरानी गरिने जानकारी दिए ।

“अहिलेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर आउनेमाथि निगरानी गर्दै थियौँ, अब चीनसितको सीमा नाकामा सतर्कता अपनाउँछौँ”, उनले भने ।  ती दुवै ठाउँमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

स्वास्थ्यसेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसहितको टोली रसुवागढी र तातोपानी नाकामा जान लागेको उनले जानकारी दिए ।

डा अमृत पोखरेल नेतृत्वको टोली रसुवागढी तथा डा गुणनिधि शर्माको नेतृत्वमा  टोली तातोपानीतर्फ शुक्रबार जान लागेको उनले जानकारी दिए ।

चिकित्सक टोलीले दुबै नाकामा सुरक्षा निकाय, भन्सार, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवाला निकायसित छलफल तथा सचेतना कार्यक्रम सञ्चालन गर्नेछ ।

“हाम्रो पहिलो प्रयास कोरोना भाइरसको प्रकोपबारे जानकारी गराउने हो, रोग फैलिनु अघि सबैलाई सचेत पार्ने हो”, प्रवक्ता श्रेष्ठले भने ।

कोरोना भाइरसको प्रकोप फैलिन नदिन सतर्क हुन उनले सबैलाई आग्रह गरे । उनले आजै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा परराष्ट्र, गृह, रक्षा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पदाधिकारी, सुरक्षा निकायका अधिकारीसहितको छलफल तथा परामर्श बैठक बसेको जानकारी दिए ।

“चाँडै नै प्राविधिक तथा विज्ञसहितको समिति बनाउँदैछौैँ”, उनले भने , “अस्पताललाई तयारी अवस्थामा राखेका छौँ ।” मन्त्रालयले नियमित रुपमा छलफल गरिरहेको जानकारी दिए ।

बेइजिङस्थित चिनियाँ राजदूतावाससँग नियम सम्पर्क तथा आवश्यक परामर्श गरिरहेको श्रेष्ठले बताए । “वुहान प्रान्तमा अध्ययनरत विद्यार्थीले नेपाल फर्किन दूतावासमा सम्पर्क गरिरहेको कुरा जानकारीमा आएको छ”, उनले भने , “अहिले नै घर फर्काइहाल्ने अवस्था छैन ।”

आवश्यकता परेको खण्डमा सरकारले सबै प्रक्रिया अपनाउने श्रेष्ठले बताए ।

‘शङ्का लागे स्वास्थ्य परीक्षण गर्न आउनुस्’

प्रवक्ता श्रेष्ठले कोरोना भाइरसबाट सङ्क्रमित भएको शङ्का लागेमा स्वास्थ्य परीक्षण गराउन सबैलाई अनुरोध गरे ।

कोरोना भाइरसबाट सङ्क्रमित भएको जस्तो लक्षण देखिएमा घरमा नबसी सोझै अस्पताल आएर आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्नेमा उनको सुझाव थियो ।

“शङ्का मानेर घरमा बस्न हुन्न, परीक्षण गर्न आउनुस्, अहिलेका लागि हामीलाई सबैभन्दा ठूलो सहयोग हुन्छ”, उनले भने ।  कोरोना भाइरस फैलन नदिन सबैले सचेत हुनुपर्ने र आ–आफ्नो क्षेत्रबाट सरकारलाई सहयोग गर्न उनले आग्रह गरे ।

चीनको वुहान प्रान्तबाट नेपाल आएका एक नेपालीमा कोरोना भाइरस देखिएपछि माघ ९ गतेदेखि सरकारले उच्च सतर्कता अपनाएको हो । यस क्रममा नेपाल र चीन सरकारको सहमतिमा रसुवागढी र तातोपानी नाकामा १५ दिनका लागि आवागमन रोकेको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ९ : १५ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई