ए डिभिजन लिग फुटबलः ब्रिगेडलाई हराउँदै एनआरटी चौथो स्थानमा | Khabarhub Khabarhub

ए डिभिजन लिग फुटबलः ब्रिगेडलाई हराउँदै एनआरटी चौथो स्थानमा


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत विहीबार भएको खेलमा जित हात पार्दै न्युरोड टिम एनआरटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा एनआरटीले ब्रिगेड ब्वाइजलाई २–० गोल अन्तरले पराजित गर्दै चौथो स्थानमा उक्लिएको हो ।

एनआरटीको जितका लागि वैकल्पिक खेलाडी राजेश परियारले उत्कृष्ट प्रदर्शन रह्यो । उनले एनआरटीको लागि दुवै गोल गरेका थिए ।

राजेश खेलको २२ औं मिनेटमा क्रिषण कुमारको स्थानमा मैदान प्रवेश गरेका थिए । मैदान छिरेको १० मिनेट नबित्दै ३२ औं मिनेटमा राजेशले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए ।

पहिलो हाफमा १–० गोल अन्तरले अघि रहेको एनआरटीका लागि खेलको ५२ औं मिनेटमा राजेशले व्यक्तिगत दोस्रो गोल गर्दै टीमलाई २–० को अग्रता दिलाए ।

खेलको ६२ औं मिनेटमा ब्रिगेडले पेनाल्टीमा गोल फर्काउने मौका पाएका थियो । तर, ब्रिगेडका कप्तान अनिल गुरुङ पेनाल्टीमा गोल गर्न चुक्दा उक्त अवसर खेल गएको थियो ।

अनिलको पेनाल्टी प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले रोकेका थिए । एनआरटीले ९ खेलबा६ १५ अंक जोडेको छ । ब्रिगेड ९ खेलमा ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ८ : ३२ बजे

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले

महानगरको निजी विद्यालयलाई निर्देशन : एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं– काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक