कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख डलर अनुदान | Khabarhub Khabarhub

कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख डलर अनुदान


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाङझाउ – अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याकमा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ ।

यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर्च गरिने फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनका संस्थापक ज्याक मा ले खोप निर्माण गरी ठूलो संख्यामा बितरण गर्नु चुनौतीपूर्ण रहे पनि फाउन्डेसनले मानवीय सहयोग गर्न चाहेको बताए । उनले आफ्नो फाउन्डेसनले भाइरस विरुद्ध लड्ने किसिमका खोपहरुको निर्माण र वितरणमा थप लगानी बढाउने पनि बताए ।

अलिबाबा समूहले कोरोना भाइरससँग जुधिरहेको चीन सरकारलाई चिकित्सा सेवामा सघाउन एक अर्ब चिनिया युयान उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ५ : ३० बजे

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात