सुपरस्टार रजनीकान्तलाई पक्राउ गर्न माग | Khabarhub Khabarhub

सुपरस्टार रजनीकान्तलाई पक्राउ गर्न माग


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय सुपरस्टार रजनीकान्त हालसालै ‘म्यान भर्सेस वाइल्ड’ को शुटिङका कारण चर्चामा रहेका छन् ।

उनले शोका होस्ट बेयर ग्रिल्सका साथ कर्नाटकको बान्दीपुर टाइगर रिजर्वमा शुटिङ गरे । भारतीय सञ्चारमाध्यमहरुमा आएका समाचार अनुसार यो शुटिङका क्रममा रजनीकान्त घाइते भएका थिए । तर पछि यसलाई हल्ला भएको बताइएको छ ।

यो शुटिङका कारण रजनीकान्त समस्यामा परेका छन् । केही कार्यकर्ताले रजनीकान्तको गिरफ्तारीको माग गरेका छन् ।

टाइम्स अफ इन्डियाको एक रिपोर्ट अनुसार रजनीकान्तले बेयर ग्रिल्ससँगको शुटिङ बान्दीपुर टाइगर रिजर्व पार्कमा गरेका थिए ।

जसको विरोध भएको छ । विरोध गर्नेहरुले त्यहाँ रहेका जनावरको चिन्ता गर्दै रजनीकान्तको विरुद्ध आन्दोलन नै गरे । उनीहरुले शुटिङका लागि लागि जुन टिम त्यहाँ रहेको छ त्यसबाट जनावरलाई खतरा हुन सक्ने भन्दै आलोचना गरेका छन् ।

त्यस्तै उनीहरुले सुख्खा मौसम रहेका कारण जंगलमा आगो लाग्न सक्ने र पछि त्यसलाई नियन्त्रण गर्न नसकिने चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले उक्त कार्यक्रम हिउँदको समय नभइ वर्षात्को समयमा गर्नुपर्ने बताएका छन् । यो सुटिङमा रजनीकान्त जिम्मेवार रहेको भन्दै विरोधीहरुले उनलाई पक्रन माग गरेका हुन् ।

उक्त कार्यक्रममा रजनीकान्त र अक्षय कुमार भन्दा पहिला बेयरले प्रधानमन्त्री मोदीसँग पनि यो कार्यक्रम शुटिङ गरिएको थियो । डिस्कोवरी नेटवर्कको यो कार्यक्रम धेरै रुचाइएको कार्यक्रममा पर्ने गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १ : ५७ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्