पैसा र स्वार्थका लागि शहीद घोषणाको परिपाटी बन्द गरौं | Khabarhub Khabarhub

पैसा र स्वार्थका लागि शहीद घोषणाको परिपाटी बन्द गरौं



मानिसको मृत्युलाई दुई प्रकारले चित्रण गरिन्छ–स्वभाविक र अस्वभाविक ।

पछिल्लो मृत्युको कारण उ आफू नै कारण हुनसक्छ वा उसको कामका कारण मारिन सक्छ । उमेर अस्वस्थ्य र दैविकारणवाट मृत्यू हुनेलाई साधारण रुपमा समाज र राज्यले लिने गर्दछ । तर समाज र राष्ट्र एवं जगत भलाईका खातिर कसैले हाँसीहासी आफूलाई बलिदान दिन्छ भने त्यस्तो व्यक्तिको मृत्युलाई अस्वभाविक र स्वभाविक मृत्युभन्दा उच्चमूल्यांकन र समाज र राज्यले क्षतिको रुपमा लिन्छ ।

नेपालमा पछिल्लो (अस्वभाविक) मृत्युलाई विभेदीपूर्ण (गलत) तरिकाले लिने गरेको र अघिल्लो स्वभाविक वा समाज र राष्ट्रको लागि वलिदान गर्ने व्यक्तिको मृत्युलाई पनि गलत अर्थ लगाएर क्षणिक राजनीतिक स्वार्थ पुरा गर्ने प्रचलन हुन थाल्यो ।

वीर वलभद्र, अमरसिंह थापा, कालुपाण्डे, लखन थापा लगायत धेरै शहीद भएनन् तर राजा त्रिभुवन, (हाल शालीक झिकिएको) हुलमूलमा अश्रुग्याँसका कारण बाटामा जुत्ता सिलाएर वस्ने भारतीय नागरिक (श्रमिक) रक्सी पिएर मृत्यु हुनेदेखि अपराध गर्ने, जेलमा बस्ने समेतलाई शहीदको पदवी दिन थालियो । बरु राजा वीरेन्द्रका सकल परिवारलाई शहीद घोषणा गरे पनि फरक नपर्ने हो । शहीदको योगदान योग्यता त्यही हो त ?

शहीद त्यो व्यक्ति हो, जसको भावना समाज र राष्ट्रप्रतिको सेवाले ओतप्रोत हुन्छ । उसले राष्ट्रप्रेम र समाजको सर्वभलाईको अभियानमा आफूलाई हासीहासी वलिदान गर्दछ । जस्तै – शुक्रराज शास्त्री, गंगालाल, धर्मभक्त, दशरथ चन्दलगायतका नेपालमा प्रजातन्त्रको स्थापनाका लागि ज्यान दिने व्यक्ति, पञ्चायती व्यवस्था र राजतन्त्र उन्मूलन गर्नमा आफ्ना ज्यानको आहुति दिने, झापाली, ओखलढुंगे, पाटने, कीर्तिपुरे, जोदूकुवो र खवाङ्ग घर्तिगाउँ, रोल्पाली जनता र कलंकीका खड्का व्यक्तिहरुलाई सच्च शहीदको पंतीमा लिन सकिन्छ ।

विडम्वनाको विचित्रता नेपालका राजनीतिक दलका नेता, दल तथा भ्रातृ संघसंगठनहरु राष्ट्रको ढुकुटीबाट १० लाख रुपैँया पाउने/दिलाउने निहुँमा जसलाई पनि शहीद घोषणा गर्न लालायित छन् र धमाधम घोषणा गरिरहेका छन् ।

नयाँ नेपालमा शहीदको न्वारन गर्ने, शहीदको वास्तकीक अर्थ छु्ट्याईदिने पण्डितहरु पनि छैनन वा भए पनि मानसिक बिरामी छन् ।

राजनीति दल र तिनका अगुवाहरुको आँखामा जण्डिस लागेको कारण वा अन्य रोगले ग्रसित भएका कारण आफ्नो दलको सदस्यता लिएको वा चन्दा प्रदान गर्ने व्यक्ति जो कोहीलाई पनि शहीद घोषणा गर्न पूर्वप्रधानमन्त्रीलेसमेत माग राख्न थालेका छन् ।

नेताको विवेकमा विचलन आउँदा एउटा अपराधीले पनि शहीदको पदवी पाउने हो कि, सच्चा शहीद को भन्ने शंका लाग्न थाल्यो ।

एउटा नागरिक १६ वर्ष उमेर पुगेको, उसले प्राप्त गरेको नागरिकताको प्रमाणपत्रसिद्ध व्यक्ति देश, राष्ट्र र नेपाली समाजको उत्थान, भलाई र जगतभलोका लागि आफ्नो अमूल्य जीवनको वलिदान गर्ने व्यक्ति (शहीद) को अपमान हुँदै जाँदा भोली शहीद र गैरशहीद बीचको भिन्नता देखिन छाड्ला जस्तो छ । आफ्नो रोजिरोटी, जागीर र व्यवसाय गरी बसेको व्यक्तिको कारणबस हुने मृत्युलाई पनि राजनीति दलहरुले अति रंजीत गरेर शहीद घोषणाको माग गर्ने गर्दछने । जसले शहीद शब्दकै अपमान भएकोछ ।

यहीक्रम अघि बढ्दै गएर विभिन्न दुर्घटना तथा अन्य कारणमा ज्यान गुमाउनेलाई शहीद घोषणा गरी दिने हो भने भोली यो पवित्र कार्य गर्न को अघि सर्ला ? बरु नेपाल सरकारका सकल कर्मचारी, सुरक्षा निकायका कर्मचारी सवैलाई शहीद घोषण गर्दा के फरक पर्ला ? बरु न्याय होला ।

एउटा शहीदले समाजको रुपान्तरण र राज्य–राष्ट्रको परिवर्तनमा एउटा दर्शन, सोच, सिद्धान्त बोकेको हुन्छ र त्यसको नीतिमा आस्था राख्दछ र त्यो आस्थालाई लक्ष्यको रुपमा विशेष उद्धेश्यहरु बोकेर प्राप्त गर्न योजना, रणनिति र कार्यव्रmमहरु बोकेर अगुवाई वा आस्थाका साथ अघि वर्ष रहेको हुन्छ ।

जुनसुकै तरिकाले यो लक्ष्यलाई प्राप्त गर्न आफूलाई उत्सर्ग गर्न समेत उ तत्पर रहन्छ । आफ्नो ज्यान भन्दा लक्ष्य उद्धेश्य ठुलो ठान्दछ र आफ्नो शरीर वलिदान गर्ने वेदी/चितामा पनि हाँसीहाँसी विर्सजन गर्दछ । त्यस्ता व्यक्तिहरुको योगदानलाई राज्यले संरक्षण गर्नुपर्दछ । यो हो शहीदको अभियान ।

विडम्वनाको विचित्रता नेपालका राजनीतिक दलका नेता, दल तथा भ्रातृ संघसंगठनहरु राष्ट्रको ढुकुटीबाट १० लाख रुपैँया पाउने/दिलाउने निहुँमा जसलाई पनि शहीद घोषणा गर्न लालायित छन् र धमाधम घोषणा गरिरहेका छन् ।

आफ्ना दलका कार्यकर्ता जो जे सुकै कार्य वा गतिविधिमा संलग्न भएको बेला मृत्यु भएको भएपनि शहीद घोषण गराउन सरकार समक्ष दवावको रुपमा माग राख्ने र काम्तिमा १० लाख दिलाएर चित्त बुझाउने गर्दछन् ।

यो प्रचलन एवं विचलनलाई न्यायपालिकाले सरकारसँग परिभाषा माग गर्नु पर्दछ । राजनीति प्रणालीको परिवर्तनको संक्रमण, सरकारको अस्थिरता, दलहरुभित्र र बीचमा आपसी द्वन्द्व, कलह, गुटफुट, उपगुट आदिको अन्यौलताको स्थितिमा मौकाको फाइदा उठाउने तत्वहरु भोलीका रास्ट्र एवं समाजघति हुन कि होइनन् ?

आदरणीय नेता/नेता गणमा विवेकले शहीद, गैर–शहीद र राष्ट्र र नेपालीको समस्या, प्राथमिकता के हो छुट्याउने प्राथमिक चेतना जागोस् । वीर शहीदहरुले चिरशान्ति पाउन र उनीहरुको आर्शिवादले सदवुद्धि नेतामा पलाओस् र सकल नेपालीले हिजो शहीदहरुले बोकेको सपना साकार होस् ।

शहीदको महत्व र राष्ट्रद्रोही/घाति वीचको भिन्नता यो देशका सचेत नागरिकले छुट्याई दिनु पर्ने होइन र ? नेताहरु ठीक–वेठीक, शहीद–गैर शहीद, राष्ट्रप्रेमी र राष्ट्रघाति/द्रोही वीचको भिन्नता छुट्याउने कुरामा विचलित भैरहेका होइनन् र ?

त्यसैले राष्ट्रियता, देश प्रेम, सच्चा नागरिक, गैर नागरिक छुट्याउने अभियानमा आ–आफ्नै दल वा पार्टीमा आस्था राख्ने सच्चा रास्ट्रवादी वौद्धिक नागरिकको कर्तव्य आ–आफ्नो क्याम्पको मानसिकतामा सचेत ल्याउने र विचलनवाट जोगाउनु कर्तव्य होइन र ? अन्यथा नितान्त व्यक्तिगत, परिवार र गुट–उपगुट एवं दलिय स्वार्थले ग्रसित हुने व्यक्ति र पंतिहरुलाई देशद्रोही, समाज विरोधी दर्जा किन नदिने ?

आज प्रायः सवै नेपालका राजनीति दलहरु प्रति आस्था राख्ने वौद्धिक वर्ग, नागरिक अगुवा र संघसंगठनहरु छन तर यी दलहरुको गैर व्रिmयाकलापहरुलाई निर्वाद रुपमा चलिरहन दिने ? एकपटक आफूले आफैलार्य रास्ट्र र समाजको सचेत जिम्मेवार नागरिकको सदस्यको रुपमा उभ्याउ त ? म को हूँ ? लठठेयत, गद्धार पात्र ! वा भस्मसुर ?

शहीद भिमसेन थापा (मेरो मूल्यांकन)की श्रीमतीको सराप त हामीलाई लागिरहेको छैन ? सतिले सरापेको देश ! आज नेपालीको भाग्य, मुहार फेर्ने लक्ष्य, आस्था, विश्वास बोकेर हिडेका व्यक्तिप्रति यति ठुलो अपमान ? जो कोहीलाई शहीद घोषणा ?

हुन सक्छ कोही व्यक्ति कुनै कारण विशेषले मर्‍यो, मारियो र उसको परिवारलाई केही सहयोगको आवश्यकता पर्‍यो र राज्यले आवश्यक महसुस गर्‍यो र आर्थिक सहयोग गर्ने गराउने कुरामा राजनीतिदल वा कोही व्यक्ति विशेष लाग्नु स्वभाविक हो ।

तर, सवैलाई नेलशन मण्डेला, शुक्रलाल शास्त्री, गंगालाल देख्ने प्रचलनमा विवेकपूर्ण परिवर्तन आउनु आवश्यक छ । नेपाली समाजको उत्थान, राष्ट्र निर्माणमा उत्सर्ग गर्ने वीर शहीदहरु धेरै छन् । तर उनीहरुको यथोचित सम्मान र पहिचान पनि भएको छैन ।

यसतर्फ साचै पैसा पाउने र दिलाउने लालचमा जो कोहीलाई शहीद घोषण गर्ने रोग हाम्रा अगुवा भनाउँदाहरुमा ग्रसित रहेको कारण यसको सर्जिकल चिरफार (उपचार) हुनु पर्दछ ।

आज २१ सौं सताब्दीको नयाँ नेपाल निर्माणका हाम्रा आदरणीय नेतागणहरु गैर शहीदहरु घोषण गर्ने माग राख्दै व्यवस्थापिका, संविधान सभा अवरुद्द गर्नु नेताको क्षमता, चरित्र र विवेकभित्र पर्ला जस्तो लाग्दैन ।

शहीद प्रतिको सही शद्धान्जलि उनीहरु प्रति गरिएको विवेक र न्याय शहीद र गैर शहीद छुट्याउनु हो । शहीदको रगतले सिर्जेको नेपाल, पुराना संस्थाहरुको उन्मुलन र आज नेतागणहरुलाई सिंहाशनमा विराजमान गराउने ती शहीद प्रतिको अपमान वर्तमान १० लाखको कारोबार शहीदहरु प्रतिको गद्धारी हो ।

६०१ जनाको संविधानसभा नेपालको नयाँ संविधान बनाउने हो । जनता, देश र समाजका लागि एउटा राजनेताले उदार र दुरदर्शी सोच, विशाल छाती जहाँ आफ्ना दलका व्यक्तिमात्रै होइन् अरु दल र क्याम्पका व्यक्ति समेट अटाउने आगन बनाउनु पर्‍यो ।

अरुलाई शहीद वनाउन होइन आफू शहीद बन्ने आस्था, विश्वास र वलिदानका साथ अगुवाई गर्नु पर्‍यो । नेतामा हुने गुण, व्यवहार, चरित्र र स्वभाव जोसुकै वामपन्थी, गैर वामपन्थी वा घोर दक्षिणपन्थी वा नरुचाउने हिजोका मण्डलले सवैले राजनीति दर्शन शास्त्रीहरु–मनु, कौटिल्य, मकाईभेली, अरस्तु जो सुकैबाट सिकेपनि हुन्छ ।

राजनीति दर्शन, सिद्धान्त, नीति र दलको निश्चित योजना कार्यक्रम बिनाको समुह राजनीति दल होइन । यो मापदण्डबाट हेर्ने हो भने नेपालका २/३ दलहरु बाहेक अरुलाई राजनीति दलको दर्जामा राख्न सकिदैन ।

त्यसैगरी राजनेताको गुण, चरित्र, व्यवहार क्षमता र वुझाईको मापदण्डलाई हेर्दा नेता, को कार्यकर्ता छुट्याउनै मुस्किल छ । आफ्नो दलको एकक्षत्र नेतृत्व दिन नसक्ने व्यक्तिले राष्ट्रको नेतृत्व कसरी गर्ला ? र राष्ट्रको नेता कस्तो होला, को हुन्छ सोच्नु, खोज्नुपर्ने बेला छ ।

त्यसैले आदरणीय नेता/नेता गणमा विवेकले शहीद, गैर–शहीद र राष्ट्र र नेपालीको समस्या, प्राथमिकता के हो छुट्याउने प्राथमिक चेतना जागोस् । वीर शहीदहरुले चिरशान्ति पाउन र उनीहरुको आर्शिवादले सदवुद्धि नेतामा पलाओस् र सकल नेपालीले हिजो शहीदहरुले बोकेको सपना साकार होस् ।

शहीद प्रतिको सही शद्धान्जलि उनीहरु प्रति गरिएको विवेक र न्याय शहीद र गैर शहीद छुट्याउनु हो । शहीदको रगतले सिर्जेको नेपाल, पुराना संस्थाहरुको उन्मुलन र आज नेतागणहरुलाई सिंहाशनमा विराजमान गराउने ती शहीद प्रतिको अपमान वर्तमान १० लाखको कारोबार शहीदहरु प्रतिको गद्धारी हो । शहीदको पसिना, रगत र बलिदानको लेखिने भावी संविधान फेरि फेरि लेखिन नपरोस यही शुभकामनासहित शहीदलाई सलाम !

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ८ : ३० बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले