‘नेदरल्यान्डको नागरिक हुँ’ भन्दै सामाजिक सञ्जालमार्फत ठगी गर्ने दुई पक्राउ | Khabarhub Khabarhub

‘नेदरल्यान्डको नागरिक हुँ’ भन्दै सामाजिक सञ्जालमार्फत ठगी गर्ने दुई पक्राउ


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सञ्जालको माध्यमबाट अनलाईन ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

ठगी आरोपमा पूर्वी रुकुम भुमे गाउँपालिका-३ मोरवाङ घर भई कीर्तिपुर बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र १९ वर्षीया आशा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाको टोलीले ‍उनीहरूलाई सोमबार सुन्धाराबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

उनका अनुसार श्रेष्ठद्वयले नक्कली फेसबुक आइडीबाट विभिन्न मानिसहरूसँग कुराकानी गरी आफू नेदरल्यान्डको नागरिक भएको बताउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उक्त आइडीबाट चिनजान गरी कुराकानी गर्दै ह्वाट्सएप मार्फत् कुराकानी गरी नेपालमा घुम्न आउने, विवाह गर्ने, आइफोन, सुन गरगहना तथा डलर समेत पठाउने भन्दै विश्वसमा लिने गरेको पाइएको छ ।

विश्वासमा लिएर उनीहरूले आफ्नो नामको बैंक खाता र आइएमई समेतमा ४१ लाख ९८ सय ४ सय ५० रुपैयाँ जम्मा गर्न लगाई ठगी गरेको एसपी कार्कीले बताए।

ठगी गरेको भन्ने उजुरी परेपछि प्रहरीले थप अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ८ : ५४ बजे

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।