एफटीटीएचमा भ्वाइस, डेटा र भिडियो एकसाथ दिँदै टेलिकम | Khabarhub Khabarhub

एफटीटीएचमा भ्वाइस, डेटा र भिडियो एकसाथ दिँदै टेलिकम


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमले अंग्रजी नयाँवर्ष २०२१ को सुरुवातसँगै फाइबर टु दी होम (एफटीटीएच) सेवामा इन्टरनेट प्रोटोकल टेलिभिजन (आइपी टिभी) सुरु गर्ने भएको छ ।

हालसम्म एफटीटीएचबाट भ्वाइस र डेटा मात्रै दिएको कम्पनीले अब भिडियो पनिदिई ग्राहक बढाउने नयाँ रणनीति लिएको हो । कम्पनीले अंग्रजी नयाँवर्षको सुरु अर्थात शुक्रबारदेखि आइपी टिभी राजधानी काठमाडौंबाट सुरु गर्न लागेको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आइपी टिभी हाल परीक्षणमा रहेको भन्दै नयाँवर्षका दिन औपचारिक रुपमा सुरु गर्ने जानकारी दिए । उच्च गतिको इन्टरनेटको रुपमा चिनिएको एफटीटीएच ग्राहकलाई भ्वाइस भिडियो र डेटा सबै एकैसाथ दिन आइपी टिभी पनि ल्याउन लागिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरानाभाइरस र त्यसको प्रभाव न्यूनिकरण गर्न गरिएको लकडाउनपछि नेपालमा इन्टरनेट प्रयोगकर्ता बढेका छन् ।

प्रबन्ध निर्देशक अधिकारीकाअनुसार एफटीटिएचका ग्राहक पनि एक लाखभन्दा धेरै भएका छन् । उनी भन्छन्, “पहिले हामी ग्राहकको घरघरमा बजारीकरण गर्न जान्थ्यौँ अहिले ग्राहक अफिससम्म आएर सेवा माग गरेका छन्, हामीले माग अनुसार एफटीटीएच सेवादिन सकेका छैनौँ ।”

उनकाअनुसार ग्राहकको मागअनुसार सेवाविस्तार गर्न जनशक्ति व्यवस्थापनमा टेलिकमले ध्यानदिएको छ ।

फाइबार टु दीहोम सेवामा इन्टरनेट तथा ल्याण्डलाइन टेलिफोन सेवादिँदै आएको कम्पनीले अब यसै लाइनमा टेलिभिजन हेर्न पाउने सुविधाथपगर्न लागेको हो ।

प्रतिस्पर्धी बजारमा सेवालाई विधिकरण गर्दै जानु टेलिकम कम्पनीहरुको आवश्यकता बन्दै गएको छ । ग्राहकमा थपिएको जानकारी, बढ्दा इन्टरनेट पहुँच र विश्वव्यापीकरणले अब एकै खालका सेवाबाट कम्पनीहरुले आम्दानी गरिरहन सक्ने अबस्था भने अहिले छैन । त्यसका लागि पनि कम्पनीहरुले डेटालाई मुख्य आधार बनाएर नयाँखालका सेवा र प्याकमा ध्यान दिन थालेका छन् ।

प्रबन्ध निर्देशक अधिकारीकाअनुसार आइपी टिभी सेवा काठमाडौँ उपत्यकाबाट सुरू गर्ने र ७७ वटै जिल्लामा विस्तार गर्दै जाने योजना कम्पनीको छ । उनका अनुसार हालक्लिन फिड नीति अनुरुप आईपी टिभीका लागि कन्टेन्ट व्यवस्थापनको कार्य भइरहेको छ । अघिल्लो महिनादेखि नेपालमा सुरु भएको क्लिन फिड नीतिले टेलिभिजनमा विदेशी विज्ञापन प्रसारणमा रोक लगाएको छ ।

कम्पनीले पछिल्लो समयमा एफटीटीएच (फाइबर टु द होम) इन्टरनेट सेवालाई आक्रामक रुपमा विस्तार गरिरहेको छ । हालै मात्र कम्पनीले २० एमबीपीएस गतिको एफटीटीएच प्याकेज लिने ग्राहकलाई मोबाइलमा प्रतिदिन ३०० एमबी डेटा निःशुल्क उपलब्ध गराउने प्याकेज ल्याएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ७ : ०६ बजे

पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १

सिसै सिसाको प्रतिक्षालय (तस्बिरहरु)

काठमाडौं– धरहरा पुनर्निर्माण योजनाअन्तर्गत बनेको नयाँ प्रतीक्षालय अहिले सबैको ध्यानको

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको

प्रचण्डसँग बाबुरामको आक्रोश, भने : गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेछु

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले