ओलीले घोषणा गरेको चुनावको भ्रममा नपर्न प्रचण्डको आग्रह | Khabarhub Khabarhub

ओलीले घोषणा गरेको चुनावको भ्रममा नपर्न प्रचण्डको आग्रह


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले घोषणा गरेको चुनावको भ्रममा नपर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेपाल दाहाल समुहले गरेको विरोध सभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले ओलीले घोषणा गरेको चुनावी भ्रममा नपर्न आग्रह गरेका हुन ।

‘कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ’  विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा छैन ।’

उनले भने, ‘छँदोखाँदोको बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् भन्ने ठान्नु गल्ती हुनेछ ।’

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ५ : ०५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका