देउवालाई भेट्न बुढानिलकण्ठ पुग्यो चिनियाँ टोली | Khabarhub Khabarhub

देउवालाई भेट्न बुढानिलकण्ठ पुग्यो चिनियाँ टोली


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेको चिनियाँ उपमन्त्रीको टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोको टोली देउवालाई सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेको थियो ।

भेटका क्रममा नेपाल–चीन सम्बन्धका बारेमा छलफल भएको छलफलमा सहभागी परराष्ट्रविद् डाक्टर दिनेशचन्द्र भट्टराईले बताए ।

उनले भने, ‘भेटका क्रममा दुई देशको सम्बन्धका बारेमा कुराकानी भयो । सरकारमा रहँदा र बाहिर रहँदा पनि चीनप्रति नेपाली कांग्रेसको समान धारणा रहेको बताएको भन्दै उहाँले प्रशंशा गर्नुभयो ।’

भेटका क्रममा सभापति देउवाले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एकसय वर्ष पुगेकोमा बधाई दिएकोसमेत डाक्टर भट्टराईले बताए ।

उनले भने, ‘सभापतिजीले चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष पुगेकोमा शुभकामना दिनुभयो । उहाँहरुले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एकसयवर्ष पुगेको अवसरमा हुने कार्यक्रमका लागि सी चिन पिङको निम्तो पनि दिनुभयो ।’

छलफलका क्रममा कांग्रेस नेता वीपी कोइरालाले नेपाल चीन सम्बन्ध गाँस्नका लागि आधारशिला खडा गर्न योगदान दिएको विषयमा समेत चर्चा भएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १ : ०३ बजे

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने