हात्तीले घर भत्कायो | Khabarhub Khabarhub

हात्तीले घर भत्कायो


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- जंगली हात्तीको बथान गाउँमा प्रवेश गर्दा झापाको कमल–५ टुकुरेका बासिन्दा रातभर त्रसित भएका छन् ।

राती गाउँ पसेका ५/६ ओटा हात्तीलाई सुरक्षा निकायको सहयोगमा धपाईएको वडाअध्यक्ष डम्बर बहादुर निरौलाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय दमकबाट साईरनसहितको गाडी रातभरि हात्ती धपाउन कुदाईएको थियो भने सो बस्ती नजिकै रहेको सशस्त्र प्रहरी तालिम केन्द्रबाट एक टोली नै राति हात्ती धपाउन परिचालित भएको उनले बताए ।

हात्ती धपाउने क्रममा ४/५ घरमा क्षती पुर्‍याएको पाईएको र थप विवरण संकलनको क्रममा रहेको वडाअध्यक्ष निरौलाले बताए । सो स्थानमा बारम्बार जंगली हात्तीले दुःख दिने गरेको छ ।

हात्ती गाउँमा पसे पछि सर्वसाधारणहरुले भागेर ज्यान बचाएका छन् । निरौलाका अनुसार एक्कासी उत्तरी चुरे क्षेत्रबाट प्रवेश गरेको हात्तीको समुहले एकाएक घर भत्काएपछि त्यहाँ भागाभाग भएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ८ : ३५ बजे

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी