पेट्रोल ट्यांकरमा 'फल्स चेम्बर' बनाई इन्धन चोरी गर्ने २ पक्राउ | Khabarhub Khabarhub

पेट्रोल ट्यांकरमा ‘फल्स चेम्बर’ बनाई इन्धन चोरी गर्ने २ पक्राउ


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पेट्रोल ट्यांकरमा ‘फल्स चेम्बर’ बनाई इन्धन चोरी गर्ने दुई जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बारा जिल्ला साविक अमलेखगञ्ज-६ स्थायी ठेगाना भई हाल जितपुर सिमरा-२१ बस्ने ३५ वर्षीय अजय लामा र विकेश लामा छन्। उनीहरू दुवै जनालाई काठमाडौंको महाराजञ्ज क्षेत्रबाट ब्युरोको टोलीले मंसिर ११ गते पक्राउ गरेको हो।

इण्डियन आयल कर्पोरेसन बरौनी, भारतबाट पेट्रोल लोड गरी आएका ना ७ ख २९९५ र ना ७ ख ३६९६ नम्बरको ट्यांकरमा फल्स चेम्बर बनाई उनीहरूले इन्धन चोरी तस्करी गरी ठगी गरेको आरोप लागेको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिएका छन्।

यो पनि पढौं

ट्यांकरभित्र ‘फल्स चेम्बर’ बनाएर पेट्रोल चोरी, १५ लाख जरिवाना 

 

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ८ : २० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न