काठमाडौं उपत्यकामा थपिए ५४८ कोरोना संक्रमित | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए ५४८ कोरोना संक्रमित


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ५९६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

आज देशभर १ हजार २५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ। २४ घण्टामा १ हजार ४०४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४७९ पुगेको छ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ४ : ५३ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द