पाँच सय ८२ सहयोगापेक्षीको उद्धार | Khabarhub Khabarhub

पाँच सय ८२ सहयोगापेक्षीको उद्धार


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– मानव सेवा आश्रम शाखा कार्यालय भरतपुरले हालसम्ममा ५८२ जना सहयोगापेक्षीको उद्धार गरेको छ । विसं २०७२ देखि हालसम्म विभिन्न ठाउँमा बेवारिसे अवस्थामा रहेका मानिसहरुको उद्धार गरिएको हो ।

सहयोगापेक्षी सडक आश्रित मानवमुक्त शहर बनाउने उद्देश्यका साथ स्थापना गरिएको संस्थाले सो अवधिमा १६७ जनालाई परिवारसँग पुनर्मिलन गराएको जनाएको छ । संस्थाले आज आयोजना गरेको आव २०७६/०७७ को प्रगति प्रतिवेदन, लेखा परीक्षण र सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा आश्रममा रहेका २१७ जनाले स्वेच्छिक आश्रम छाडेको, ६६ जना स्थानान्तरण गरिएको र ५५ जना आश्रित रहेका जनाएको छ ।

आश्रममा बसोबास गरेको समयमा ८० जनाको मृत्यु भएको आश्रमका संयोजक निता केसीले जानकारी दिए । केसीका अनुसार विसं २०७६ कात्तिक ९ गते भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडकमानवमुक्त महानगर घोषणापश्चात् २४५ जनाको उद्धार गरिएको छ । जसमध्ये ७७ जनालाई परिवारसँग पुनर्मिलन गराइएको, ७९ जनाले स्वेच्छिक आश्रम छाडेको, १५ जनालाई स्थानान्तरण गरिएको र १०८ जना आश्रित रहेका छन् । सो समयमा ल्याइएकामध्ये १८ जनाको मृत्यु भएको केसीले जानकारी दिए ।

आश्रमको सक्रियतामा दाताबाट भरतपुर महानगरपालिका वडा नं ३ बेलचोकमा प्राप्त जग्गामा सहयोगापेक्षी पुरुषका लागि नारायण भवन निर्माणको काम भइरहेको छ । जसका लागि रु ५० लाख वाग्मती प्रदेश सरकारबाट विनियोजन भएको र महिला राख्नका लागि लक्ष्मी भवन निर्माणका लागि महानगरसँग बजेटको माग गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।

आश्रमले विभिन्न निकायबाट प्राप्त गरेको सहयोग र खर्चको विवरणसमेत सो अवसरमा सार्वजनिक गरेको छ । खर्च विवरण सार्वजनिक गर्दै आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले आव २०७६/०७७ मा रु ८६ लाख ९१ हजार ७५० विभिन्न निकायबाट प्राप्त भएकामध्ये रु सात लाख ७७ हजार ५९८ मौज्दात रहेको जानकारी दिए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ३ : १० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न