ला लिगामा रियल पराजित | Khabarhub Khabarhub

ला लिगामा रियल पराजित


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ला लिगाको साविक विजेता रियल मड्रिड अल्भाससँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा रियल अल्भाससँग २–१ गोल अन्तरले पराजित भएको हो । योसँगै रियलको यो तेस्रो हार व्येहोरेको छ । यो सिजनमा रियलले राम्रो सुरुवात गर्न सकेको छैन् ।

रियलविरुद्ध अल्भासका लागि खेलको ५ औं मिनेटमा लुकास परेजले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए भने दोस्रो गोल खेलको दोस्रो हाफमा जोसेलुले गर्दै अल्भासलाई २–० गोलको अग्रता दिलाएबका थिए ।

रियलकालागि भने कासिमेरोले गरेको ८६ औं मिनेटमा गोल मात्रै भयो । दोस्रो गोल थप्न नसक्दा रियल पराजित हुन पुग्यो ।

रियलले यो सिजनमा अहिलेसम्म खेलेका १० खेलमा जम्मा पाँच खेल जितेको छ भने २ खेल बराबरी खेल्दा ३ खेलमा हार व्येहोरेको छ । जसमा रियल १७ अंकसहित पाँचौं स्थानमा छ । अल्भास भने १३ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १२ : ५१ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले