११ वटा पालिका कोभिड १९ को उत्कृष्ट व्यवस्थापन गर्ने स्थानीय तहको सूचीमा | Khabarhub Khabarhub

११ वटा पालिका कोभिड १९ को उत्कृष्ट व्यवस्थापन गर्ने स्थानीय तहको सूचीमा



पोखरा– गण्डकी प्रदेशका ११ वटा पालिका कोभिड १९ व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् ।

स्वास्थ्य निर्देशनालय पोखराले ११ प्रदेशका जिल्लाबाट एक–एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले कोरोना संक्रमणको व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको ११ स्थानीय तहको सूची गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पठाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि विभिन्न कामको आधारमा ११ स्थानीय तह छनोट गरेर सूची तयार पारिएको स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत नगेन्द्र पौडेलले बताए ।

उत्कृष्ट व्यवस्थापन गर्नेको सूचीमा कास्कीको पोखरा लेखनाथ महानगरपालिकासहित ११ वटै जिल्लाका एक एक वटा स्थानीय तह परेका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका, पर्वतको जलजला गाउँपालिका, बाग्लुङको बाग्लुङ नगरपालिका, म्याग्दीको मङ्गला गाउँपालिका, तनहुँको देवघाट गाउँपालिका, नवलपरासीपूर्वको देवचुली नगरपालिका उत्कृष्ट स्थानीय तहको सूचीमा परेका छन् ।

यस्तै, लमजुङको सुन्दरबजार नगरपालिका, मुस्ताङको घरपझोङ्ग गाउँपालिका, मनाङको चामे गाउँपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपरासी (ब.स.पू) उत्कृष्ट व्यवस्थापनको सूचीमा परेका छन् ।

महामारीको समयमा क्वारेन्टाइन व्यवस्थापन, सङ्क्रमितको उपचार तथा उद्धार महामारी रोक्नका लागि गरिएको प्रयासलगायतका सूचकको आधारमा उनीहरुको मूल्याङ्कन सदरमुकाममा रहेका स्वास्थ्य कार्यालयहरुले गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ११ : ५५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०