दोलखा भीमेश्वरमा पसिना : 'संकट' कि संयोग ! | Khabarhub Khabarhub

दोलखा भीमेश्वरमा पसिना : ‘संकट’ कि संयोग !



दोलखाको भीमेश्वर मन्दिरको शिलामा १८औँ पटक गत मंसिर ९ गते पसिना आयो । देशमा बलात्कार, हिंसा, लुटपाट, हत्या, राजनैतिक अस्थिरता अनि महामारीका खबररू आइरहँदा दोलखा भीमेश्वरमा फेरि पनि पसिना आउँदा मुलुकमा फेरि कुनै ठूलै अनिष्ट हुने हो कि भन्ने आशंका गर्न थालिएको छ ।

९ गते पौने २ बजेदेखि ३ बजेर ५४ मिनेटसम्म पटक-पटक पसिना आएपछि देशमा फेरि पनि ठूलो सङ्कट नआओस् भनेर मन्दिरका पूजारी तथा गुठियारहरूले क्षमा पूजा गरेका छन् ।

भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा अशुभ हुने धार्मिक मान्यता रहँदै आएको छ । भीमसेन शिलाको विभिन्न भागमा पानीको थोपा निस्कँदै झर्ने क्रमलाई ‘पसिना’ आएको विश्वास गरिन्छ । यस्तो अप्रिय र अनिष्टका घटनाको पूर्वसूचकको रूपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजनहरू भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङ्खाले हम्कने गर्दछन् ।

विगतको प्रचलन र इतिहास हेर्दा भीमेश्वरमा पसिना आएपछि अनिष्ट हुने र उक्त दोष निवारणका लागि राष्ट्रप्रमुखको तर्फबाट क्षमा पूजा गर्ने चलन रहिआएको छ । यसअघि २०७६ साल फागुन ८ गते भीमेश्वरलाई १७औं पटक पसिना आएको थियो । जसको कारणले देशमा कोरोना जस्तो महामारी भित्रिएको आकलन गरिएको छ ।

भीमेश्वर शिलाको दायाँ पट्टिबाट पसिना आउँदा राज्यपक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ट हुने धार्मिक मान्यता रहँदै आएको छ । यसरी पसिना आउँदा देशमा ठूलो अनिष्ट आउने विश्वास गरिन्छ । जसअनुसार भक्तजनहरू भीमेश्वरमा पसिना आएको हेर्न र अनिष्ट नहोस् भन्ने कामना गर्न यही २०७७ साल मंसिर ९ गते ठूलो सङ्ख्यामा मन्दिर पुगेका थिए ।

विगतको प्रचलन र इतिहास हेर्दा भीमेश्वरमा पसिना आएपछि अनिष्ट हुने र उक्त दोष निवारणका लागि राष्ट्रप्रमुखको तर्फबाट क्षमा पूजा गर्ने चलन रहिआएको छ । यसअघि २०७६ साल फागुन ८ गते भीमेश्वरलाई १७औं पटक पसिना आएको थियो । जसको कारणले देशमा कोरोना जस्तो महामारी भित्रिएको आकलन गरिएको छ ।

यो भन्दा अघि २०७४ साल असोजमा पनि भीमसेनलाई पसिना आएको थियो, त्यति बेला पनि एकै दिनमै दुईपटक पसिना आएपछि सङ्कट टरोस् भनेर राष्ट्रपति कार्यालयबाट पठाएको पूजा सामग्री सहित क्षमापूजा गरिएको थियो ।

भीमेश्वरलाई पसिना आएपछि सो पसिना पूछिएको कपास महाप्रसादका रुपमा राष्ट्रप्रमुखकोमा पठाएपछि त्यहाँबाट क्षमा पूजा सामग्री पठाउने चलन छ । क्षमा पूजा अन्तर्गत लघुरुद्री पाठ गरेपछि बली पूजा गरिन्छ जस अनुसार सरकारको तर्फबाट २ र स्थानीय निकायबाट २ बोका लगेर बलि दिने प्रचलन रहिआएको छ ।

दोलखा भीमेश्वरमा पसिना आउँदा त्यसले पार्ने प्रभावको इतिहासलाई हेर्दा पसिना आएको ६ महिनाभित्र देशमा अनिष्ट भएको देखिन्छ । २०७१ साल माघ १ र माघ १५ गते भीमेश्वरमा यसरी नै पसिना देखिएको थियो र ६ महिना पनि नवित्दै २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पको घटना देशले बेहोर्नु परेको थियो ।

दोलखा भीमेश्वरमा पसिना आउँदा त्यसले पार्ने प्रभावको इतिहासलाई हेर्दा पसिना आएको ६ महिनाभित्र देशमा अनिष्ट भएको देखिन्छ । २०७१ साल माघ १ र माघ १५ गते भीमेश्वरमा यसरी नै पसिना देखिएको थियो र ६ महिना पनि नवित्दै २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पको घटना देशले बेहोर्नु परेको थियो ।

त्यस्तै २०६१ साल फागुनमा पनि भीमेश्वरमा पसिना आयो त्यसलगत्तै जनआन्दोलन सुरु भएको थियो । त्यसैगरी २०६३ सालमा पनि भीमसेनलाई पसिना आउँदा गणतन्त्र र लोकतान्त्रिक व्यवस्था स्थापनाको लागि हजरौं जनता सहिद भएका थिए । यस्तै २०५७ साल माघ १ र १५ गते पनि भीमेश्वरमा पसिना आयो र यसरी पसिना आएको ४ महिना पनि नबित्दै नारायणहिटी दरबार हत्या काण्ड भएको थियो । जसमा राजा विरेन्द्रको वंश नाश भएको घटना हाम्रो मन मष्तिष्कमा रहिरहेको छ ।

त्यसैगरी २०४५ चैत्रमा पनि भीमेश्वरलाई पसिना आउँदा देशमा पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय प्रजातान्त्रिक व्यवस्था लागू भएको थियो । २०३५ साल फागुनमा भीमेश्वरमा पसिना आउँदा देशमा जनमतसंग्रहको घोषणा गरिएको थियो । त्यसैगरी २०२८ साल माघमा भीमेश्वरमा पसिना आउँदा तत्कालीन राजा महेन्द्रको मृत्यु भएको थियो । २०१८ सालमा भीमसेनलाई पसिना आउँदा देशमा ठूलो बाढी-पहिरो आएको थियो जसबाट जनधनको क्षति भएको थियो साथै भोकमरीको अवस्था समेत सिर्जना भएको थियो ।

त्यस्तै २०११ सालमा भीमसेनलाई पसिना आउँदा देशले अर्को ठूलै क्षति बेहोर्नुपरेको थियो जसमा फागुन ३० गते तत्कालीन राजा त्रिभुवनको निधन भएको थियो । २००७ सालमा पनि भीमसेनलाई पसिना आएको थियो जसको प्रभाव हो १०४ वर्षे लामो निरङ्कुश जाहानीय राणाशासन अन्त्य हुनु र त्यस राणाशासनको अन्त्य हुनुमा सहिदहरूले शाहदत प्राप्त गरेका थिए । त्यसैगरी विसं १९९७ मा पनि भीमेश्वरलाई यसरि नै पसिना आएको थियो, उक्त समयमा तत्कालीन जाहानीय राणाशासकहरूले ४ जना वीर सपुत सहिदहरूलाई फाँसी दिएर हत्या गरेका थिए ।

विगतलाई हेर्दा सबैभन्दा पहिले १९९० सालमा भीमसेनलाई पसिना आएको थियो, १९९० सालमा आएको भूकम्पले देशमा ठूलै नोक्सानी बेहोर्नु पर्योम जसबाट उक्त समयमा जनधनको क्षति भएको थियो ।

दोलखा बजारमा अवस्थित श्री भीमेश्वर मन्दिरलाई हिन्दूहरूको ठूलो आस्थाको प्रतीकका रुपमा लिइन्छ, जहाँ त्रिभुज आकारको अद्भूत कालो शिला मूर्तिलाई भीमेश्वर, भीमसेन या भैरवका रुपमा पूजिने गरिन्छ । एक शीला तीन अवतारका रुपमा पनि मानिएको छ, कसै कसैले यही मूर्तिलाई नै देवी भगवतिका रुपमापनि मानेकाछन् भने कसैले शिवको अर्को रूप भैरव पनि मान्ने गरेका छन् । महादेवको रुपमा रुद्री पूजा गरिन्छ भने भीमसेन भैरवका रुपमा समेत पूजा गर्ने गरिन्छ ।

भीमेश्वर भीमसेनको मूर्ति कहिले कसले स्थापना गरेको हो भन्ने एकिन गर्ने आधार र प्रमाण भने भेटिएका छैनन् । बड़ा दशैंमा पूजा सङ्कल्प गर्दा किरातकालीन देखिका राजा महाराजाहरूको नाम लिने चलन छ । जस्तो- हाइ हाइ राजा, सुइ सुइ राजा, तवाफेगस राजा, तुफिगस राजा, गोल्मा राजा, लिच्छ्वीकालीन, मल्ल कालीन पात्रवंशी राजा तथा गद्दिसिन श्री ५ महाराजधिराज समेतको नाम लिने गरिन्छ ।

देश र जनताले ठूलो कष्ट बेहोर्नु नपरोस्, हे भीमेश्वर, हे भीमसेन हामी सबैको रक्षा गर । हाम्रो देशमा भएको बलात्कार, हिंसा, लुटपाट, हत्या, प्राकृतिक विपद्, घुसखोरी, राजनीतिक अस्थिरता अनि सबै महामारीलाई चाँडै शान्त पारिदेऊ र कुनै अप्रिय घटनाको सामना कसैले पनि गर्न नपरोस्, दोलखा भीमेश्वरमा यही प्रार्थना छ ।

महाभारतको युद्ध पछि नै भीमसेनको मूर्ति स्थापना गरिएको अनुमान स्थानीय वासिहरूले गर्छन् । भीमसेनको मूर्तिका साथै दायाँतर्फ आमा कुन्ती, बायाँतर्फ पत्नी द्रौपदी र त्यस पछिको दायाँ उत्तर दक्षिणमा भाइ नहकुल सहदेवको साधारण शीला मूर्ति स्थापना गरिएको छ । भीमसेन वीर, साहसी, बलवान, अन्याय र अत्याचारको विरुद्ध लड्ने योद्धा भएका कारणले पनि भीमसेनको मूर्ति पूजा गर्ने जनविश्वास रहेको छ ।

यसको किम्बदन्ती हेर्दा पाँच पाण्डवहरू गुप्तवास जाने वेलामा यही भीमसेन मन्दिरको केही पूर्व तर्फको चामपूजा भन्ने डाँडामा बसेर श्री गौरी शंकरको प्रार्थना गरेका थिए भन्ने भनाइ छ । कालान्तरमा भरियाले भात पकाउनको लागि दुईवटा ढुङ्गा खोजी ल्याई त्यही त्रिभुजमा जोडी भात पकाएका थिए, भात पकाऊँदा त्रिभुज तर्फको भात काँचै भएकाले भोकाएका भरियाहरू रिसले चुर भएर उक्त भातलाई हिर्काउँदा दाहिने तर्फ उछिट्टीएर दुध र रगत मिश्रित तरल पदार्थ बनेको किम्बदन्ती छ । यो देखेपछि बाह्र जनाभरियाहरू डराई यहाँत साक्षात भगवान् पो हुनुहुँदो रहेछ भनेर माफी पूजा गरेर अरुनै बाटो लागेको जनविश्वास छ ।

भीमसेनालाई व्यापारी हरूको ईष्ट देवकारुपमा पनि पूजिन्छ । उहिले व्यापार गर्न पहाड, डाँडा, नदिनाला भएर जानु पर्ने र चोर, डाका जीव-जन्तुको भय हुने, भीमसेनलाई सम्झेर पुकार गरेमा सङ्कटबाट मुक्त पाईने, नोक्सान नभई नाफा हुने भएकाले व्यापारी वर्गहरूले भीमसेनलाई इष्टदेवका रुपमा पनि मान्ने गरेका छन् ।

यसरी भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १८औं पटक पसिना आयो । प्रत्येक पटक पसिना आउँदा देशले केही न केही सङ्कट बेहोर्नु नै परेको छ । अब हेरौं यो पसीनले के प्रभाव पर्ने हो? हुनत देशको राजनीति र सामाजिक अवस्था हेर्दा जनता मुस्कुराउने कुनै बाटो त छैन ।

देश र जनताले ठूलो कष्ट बेहोर्नु नपरोस्, हे भीमेश्वर, हे भीमसेन हामी सबैको रक्षा गर । हाम्रो देशमा भएको बलात्कार, हिंसा, लुटपाट, हत्या, प्राकृतिक विपद्, घुसखोरी, राजनीतिक अस्थिरता अनि सबै महामारीलाई चाँडै शान्त पारिदेऊ र कुनै अप्रिय घटनाको सामना कसैले पनि गर्न नपरोस्, दोलखा भीमेश्वरमा यही प्रार्थना छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ११ : १९ बजे

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले

महानगरको निजी विद्यालयलाई निर्देशन : एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं– काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक