यी दिनमा शारीरिक सम्पर्क राखे अशुभ | Khabarhub Khabarhub

यी दिनमा शारीरिक सम्पर्क राखे अशुभ


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवाह मानव जीवनको महत्वपूर्ण पाटो हो । सांसरिक जीवनमा विवाह अनिवार्य हो भने शारीरिक सम्पर्क प्राकृतिक आवश्यकता नै हो ।

तर, शारीरिक सम्पर्क स्त्री पुरूषको मिलनबारेमा पनि शास्त्रहरूमा उल्लेख गरिएको छ ।

व्रह्मवैवर्त पुराणको व्रह्म खण्ड २७–२९–३८ मा स्त्री पुरुषको मिलन हुने शुभ र अशुभ समयको बारेमा चर्चा गरिएको छ ।

पुराणमा स्‍त्री-पुरुष म‌िलनका लागि केही दिन अशुभ भनेर उल्लेख गरिएको छ ।

ती दिनमा विवाहित जोडी वा प्रेमी प्रेमिकाबीच शारीरिक सम्बन्ध हुनु राम्रो मानिँदैन ।

उक्त दिनमा हुने शारीरिक मिलनले भविष्यमा नकारात्मक फल दिने वा अशुभ हुने कुरा पुराणमा उल्लेख गरिएको छ ।

१. औंशीको दिनमा जोडीहरुको मिलन हुनु अशुभ मान्ने गरिन्छ । साथै औंशीको दिनमा शारिरक सम्बन्ध नभएको उत्तम हुने व्रह्मवैवर्तक पुराणमा उल्लेख छ ।

२. औंशी जस्तै पूर्णिमाको दिन पनि शारीरिक सम्बन्ध गर्नु अशुभ मानिएको छ ।

३. सक्रान्तिमा पनि जोडीहरुबीचको शारीरिक मिलन अशुभ मान्ने गरिन्छ । सक्रान्तिको दिनमा पति पत्नि वा प्रेमी प्रेमिकाबीचमा शारीरिक सम्पर्क नगर्दा नै राम्रो हुने ब्रह्मवैवर्तक पुराण उल्लेख छ।

४. प्रत्येक महिनामा चतुर्दशी र अष्टमी तिथिमा पनि शारीरिक मिलनका लागि अशुभ मानिएको छ । ती दिनमा शारीरिक सम्बन्ध नराख्नु उचित हुने पुराणमा उल्लेख छ।

५. साथै पुराणमा आइतवारसमेत शारीरिक मिलनका लागि अशुभ मानिएको छ ।

६. श्राद्धको समय अर्थात् पितृ पक्षमा पनि पुरुष र स्त्रीबीच शारीरिक मिलन नहुनु नै राम्रो हुने पुराणमा उल्लेख छ ।

७. पुराणले व्रत बसेको कुनै पनि समयमा स्त्री-पुरुषलाई सहवास गर्न तथा तिलको तेल खान र लगाउन निषेध गरिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ५ : ३१ बजे

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा