म्यान्चेस्टर सिटीसँग बर्नलीको लज्जास्पद हार | Khabarhub Khabarhub

म्यान्चेस्टर सिटीसँग बर्नलीको लज्जास्पद हार


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग बर्नलीले लज्जास्पद हार बेहोरेको छ ।

शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेजले ह्याट्रिक गरे । यस्तै बेन्जामिन मेन्डी र फेरान टोरेसले एक एक गोल गरे ।

बर्नलीविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा सिटीले छैठौँ मिनेटमा महरेजको गोलबाट अग्रता बनाएको थियो ।

२२औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।

४१औँ मिनेटमा मेन्डीले गोल गर्दै पहिलो हाफमा सिटीलाई ३-० को अग्रता दिलाए । ६६औँ मिनेटमा टोरेसले गोल गर्दै टोलीको अग्रता ४-० को बनाए ।

६९औँ मिनेटमा महरेजले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा सिटीले ५-० को फराकिलो जित निकाल्न सफल भयो ।

जितसँगै सिटी लिगको आठौं स्थानमा उक्लिएको छ । सिटीले ९ खेलमा १५ अंक जोडेको छ । बर्नली ५ अंक जोडेर १७ औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ६ : १५ बजे

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश