मन्त्री विश्वकर्माले गरे ग्रामीण सडकको निरीक्षण « Khabarhub

मन्त्री विश्वकर्माले गरे ग्रामीण सडकको निरीक्षण


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरा महानगरपालिकाभित्रको निर्माणाधीन अमला बिसौंनी घार्मी आलेबारी अम्बरेश्वर ग्रामीण सडकको आज निरीक्षण गरेका छन् ।

महानगरको वडा नं १६ र १९ लाई समेटेर निर्माण भइरहेको १२ किमी सो सडकको निरीक्षण गर्दै उनले सडक, सिँचाई, खानेपानीलगायत पूर्वाधार निर्माण गर्दा गुणस्तरलाई विशेष ध्यान दिइ तोकिएको समयमा काम सकाउन आग्रह गरे ।

सो सडकको चार किलोमिटरको निर्माणको जिम्मा जिएसआर निर्माण सेवाले पाएकामा ५०० मिटर ढलान गरिएको छ भने बाँकी सडकमा कालोपत्र गर्ने कार्य जारी रहेको निर्माण कम्पनीले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयको रु सात करोड ८२ लाख लागतमा सो सडक स्तरोन्नति भइरहेको हो ।

सडक फराकिलो पार्ने, नाला निर्माण र रिटेलिङ्ग वालको काम सम्पन्न भएर कालोपत्र गर्ने कार्य शुरु गरिएको सडक निर्माण उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलले जानकारी दिए । कालोपत्र गर्न शुरु भएपछि स्थानीयवासी उत्साहित बनेको पोखरा–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ९ : १५ बजे

नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर 

काठमाडौं- नेपाल र भारतबीच ६ वटा समझदारी (एमओयु) तथा सम्झौतापत्रमा

गुल्मीको मदाने गाउँपालिकामा गठबन्धनका महेन्द्र कुँवर विजयी

काठमाडौं- सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहपालिका गुल्मीको मदाने गाउँपालिकामा

नेपालीमा भाषण गर्दै मोदीले भने- बुद्धको जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द

शङ्खरापुरको वडा नं. २ र ८ मा कांग्रेसको प्यानल नै विजयी

काठमाडौँ– शङ्खरापुर नगरपालिकाको वडा नं. २ मा नेपाली कांग्रेसको प्यानल

अविरल वर्षाका कारण श्रीलंकामा ६ सय परिवार विस्थापित

काठमाडौं- श्रीलंकामा शनिबारदेखि जारी अविरल वर्षाका कारण भीषण बाढी आएको छ