कोरोना कहर : यसवर्ष ‘सिस्नुपानी देउसी’ नहुने | Khabarhub Khabarhub

कोरोना कहर : यसवर्ष ‘सिस्नुपानी देउसी’ नहुने


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यसवर्ष ‘सिस्नुपानी देउसी’ कार्यक्रम नहुने भएको छ ।

सिस्नुपानी नेपालका महासचिव टंकराज आचार्यले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिका कारण २३ वर्षदेखि लगातार प्रस्तुत हुँदै आएको कार्यक्रम यसवर्ष स्थगित भएको जानकारी दिएका हुन् ।

‘हाम्रा लाखौंँ समर्थक शुभेच्छुक, दर्शक, श्रोताहरूको माग र चाहना हुँदाहुँदै पनि हामी यो वर्षको सिस्नुपानी देउसी कार्यक्रम २०७७ आयोजना गर्न असमर्थ भएको जानकारी गराउँदछौँ । विगत २३ वर्षदेखि लगातार प्रस्तुत हुँदै आएको कार्यक्रम स्थगित गर्नु परेकोमा दुःख व्यक्त गर्दै हाम्रा आम दर्शक, श्रोता, शुभेच्छुक महानुभावहरूबाट आगामी दिनमा निरन्तर सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्दछौँ ।’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा संस्थाका अध्यक्ष लक्ष्मण गाम्नागे र उपाध्यक्ष मनोज गजुरेल परिवारका सदस्यहरूसहित कोरोना संक्रमित भई उपचाररत रहेको पनि जानकारी दिइएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ८ : ०१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०