कांग्रेसको केन्द्रीय समिति बैठक कार्तिक २१ गते | Khabarhub Khabarhub

कांग्रेसको केन्द्रीय समिति बैठक कार्तिक २१ गते


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी कार्तिक २१ गतेलाई बोलाएको छ ।

बैठक २१ गते शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलले एक विज्ञप्ति जारी गर्दै पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीका विषयमा बैठकमा छलफल हुने जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारीका विषयमा छलफल हुने भएकाले अनिवार्य उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई निर्देशानुसार अनुरोध गरिन्छ ।’

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १ : ०५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका