मेस्सीको गोलमा बार्सिलोना विजयी, युभेन्टस पराजित | Khabarhub Khabarhub

मेस्सीको गोलमा बार्सिलोना विजयी, युभेन्टस पराजित


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लियोनल मेस्सीको गोलमा च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्टसमाथि सहज जित हात पारेको छ ।

समूह जी अन्तर्गतको बुधबार राति भएको खेलमा बार्सिलोनाले युभेन्टसलाई २-० गोलले पराजित गर्‍यो ।

बार्सिलोनाको जितमा ओउसमान डेम्बेले र लियोनेल मेसीले एक/एक गोल गरे ।

डेम्बेलेले खेलको १४औँ मिनेटमा मेस्सीको असिस्टमा गोल गरे ।

खेलको ८५औँ मिनेटमा युभेन्टसका मरिह डेमिरलले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दबाबमा परेको युभेन्टसले ९१औँ मिनेटमा अर्को गोल खायो ।

९१औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै मेस्सीले बार्सालाई २-०को जित दिलाए ।

जितपछि बार्सिलोना समूह जीमा दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ भने भने युभेन्टसको २ खेलमा ३ अंक रहेको छ ।

युभेन्टस कोरोना संक्रमणका कारण क्रिस्टियानो रोनाल्डो बिना खेलेको थियो ।

 

 

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ६ : २७ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५