बोलेरोको ठक्करबाट पैदलयात्रीको ज्यान गयो | Khabarhub Khabarhub

बोलेरोको ठक्करबाट पैदलयात्रीको ज्यान गयो


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – शिवसताक्षी नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नंको जीपले ठक्कर दिएपछि गम्भीर घाइते हुनुभएकी चापागाईँलाई बिर्तामोडको बिएन्डसी हस्पिटलमा लगिएकामा उपचारका क्रममा साँझ ७ः३५ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

प्रहरीले जीप र चालक अमृतबहादुर योङ्हाङलाई नियन्त्रणमा लिएको जनाइएको छ । शव अहिले अस्पतालमै राखिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  १० : ०७ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५