कोरोनाका कारण बन्द रहेका बाँकी क्षेत्र पनि खोल्ने तयारी | Khabarhub Khabarhub

कोरोनाका कारण बन्द रहेका बाँकी क्षेत्र पनि खोल्ने तयारी


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस सम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) ले निषेधाज्ञापछि सेवा सञ्‍चालन गर्न बाँकी रहेका क्षेत्रहरु खोल्नेबारे छलफल गरेको छ । यसबारे मन्त्रालयबाट प्रस्ताव आएपछि निर्णय गर्ने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले कोभिड-१९ का कारण रोकिएका बाँकी सेवाहरु सूचारु गर्नेबारे छलफल गरेको हो ।

बैठकले रोकिएका बाँकी सेवाहरू सुचारू गर्ने सम्बन्धमा अध्ययन गरी सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निष्कर्षमा पुग्‍ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले खोल्न बाँकी रहेका क्षेत्रहरु सूचारु गर्ने सम्बन्धमा अध्ययन गरी प्रस्ताव ल्याउने सम्बन्धमा निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘खोल्न बाँकी रहेका सेवाहरु सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर त्यसको स्थिति के छ र के कसरी सञ्चालन गर्न सकिन्छ, त्यसको खाका तयार गरेर लिएर आउने र फेरि त्यसमा छलफल गरेर निर्णयमा पुग्‍ने भन्‍ने निर्णय भएको छ।’

बैठकले तेस्रो मुलुकबाट उद्धार जारी रहेको अवस्थामा त्यसलाई थप व्यवस्थित गर्ने निर्णय पनि गरेको छ।

सचिव गुरागाईंका अनुसार बैठकमा तेस्रो मुलुकबाट उद्धारको क्रम जारी रहेको अवस्थामा थप व्यवस्थित गरी थप उडानको व्यवस्था गरेर शीघ्र उद्दार गर्न बाँकी नेपाली नागरिकहरुको उद्धार गर्नेबारे पनि निर्णय भएको छ ।

यसैगरी बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई बढाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ९ : ४१ बजे

नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने

प्रहरी समायोजनको काम सरकारको उच्च प्राथमिकतामा छ :  प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयन गर्न आवश्यक ऐन

उपेक्षित वर्गको अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिक

चिनियाँ राजदूत सोङ र अर्थमन्त्री पुनबीच भेट

काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत छन सोङले अर्थमन्त्री वर्षमान पुनसँग

‘जग्गाधनी प्रमाणपत्र वितरण शीघ्र सम्पन्न हुन्छ’

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार भएका जग्गाधनी प्रमाणपत्र वितरण