सावुन पानीले हात धुने राष्ट्रिय अभियान सञ्चालन | Khabarhub Khabarhub

सावुन पानीले हात धुने राष्ट्रिय अभियान सञ्चालन


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खानेपानी मन्त्रालयले कोरोना संक्रमणबाट बच्न हातको स्वाच्छता कायम राख्नुपर्ने भन्दै सावुन पानीले हात धुने राष्ट्रिय अभियान संचालन गरेको छ ।

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लाइभ अपडेट मार्फत खानेपानी मन्त्रालय, राष्ट्रिय सरसफाइ समन्वय समिति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा असोज १३ गतेदेखि कात्तिक १३ गतेसम्म यो अभियान संचालन गरिएको बताए ।

उनले ‘हातको सरसफाइ सबैको लागि, सावुनपानी हात,सधै साथ साथ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी देशभरी एक महिनाव्यापी सावुनपानीले हात धुने अभियान संचालन भएको जानकारी दिए ।

सहसचिव दुवाडीले एक महिनासम्म हातको स्वाच्छता कायम गर्ने विषयलाई प्रचार प्रसार गर्ने र घर, समाज, विद्यालय, सार्वजनिक स्थलमा हात धुने सावुनपानीको व्यवस्थापन गराउने पनि बताए ।

कोभिड १९ रोकथाम र नियन्त्रणका लागि समाजिक दुरी कायम गर्ने, मास्क लगाउने र साबुनपानीले हात धुन जरुरी रहेको बताएका छन् ।

उनले सावुनपानीले हात हुने व्यवहारको विकास गर्ने र कोभिड १९ रोकथाम र नियन्त्रणका लागि सावुनपानीले हात धुनुपर्छ भन्ने सन्देश पुर्‍याउने पनि बताए ।

लाइभ अपडेट मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सावुनपानीले हात धुने बानीले कोरोना सक्रमण रोकथाम र नियन्त्रणका लागि सहयोग पुग्ने बताए ।

उनले हातको सरसफाइले कोरोना संक्रमण तथा अन्य सरुवारोगबाट बच्न संक्रमणको जोखिम भएका स्थानहरु कार्यलय, अस्पताल, विद्यालय उद्योग, कलकारखाना, सपिङ महल सिनेमा घर लगायत मानिसहरुको भेटघाट र जमघट हुने ठाउँहरुमा हात धुने स्थानको व्यवस्थापन गर्नुपर्ने पनि बताए ।

उनले सावुनपानीले नियमित धात धुने बानीको विकास नभएसम्म कोरोना संक्रमण र अन्य सरुवा रोगहरुबाट आफु बच्न र अरुलाई बचाउन सम्भवन नहुने बताए ।

उनले सावुनपानीले मिचिमिचि हात धुदा श्वासप्रश्वास जन्य रोग २३ प्रतिशत, निमोनिया संक्रमण ५० प्रतिशत र झाडापखाला ४८ प्रतिशत सम्म कमी ल्याउने बताए । उनले समय समयमा सावुनपानीले हात धुदा पनि कोरोना भाइसरको संक्रमणमा ३६ प्रतिशतले कमि ल्याउने पनि बताए ।

उनले नेपालमा कोरोना संक्रमण केही महिनादेखि निरन्तर बढ्दै गएकाले यसको रोकथामका लागि हातको सरसफाइ, मास्कको प्रयोग र भौतिक दुरी कायम गर्नुपर्ने बताए ।

डा गौतमले कोरोना संक्रमण पछि धेरै व्यक्तिहरुमा हात धुने बानीको विकास भएको पनि बताए । उनले हात धुने पानीलाई निरन्तरता दिन पनि आग्रह गरेका छन् ।

डा गौतमले हरेक वर्ष १५ अक्टुवरको दिन विश्व हात धुने दिवस मनाइन लागेको पनि बताए । उनले यो वर्ष हातको सफाइ सबैका लागि भन्ने नाराका साथ हात धुने दिवस मनाइदै छ ।

डा गौतमले कोरोना संक्रमणको विश्वव्यापी महामारीको अवस्था हात धुने दिवसको सान्दर्भिकता अझै बढेको बताए ।

सावुनपानीले हात धुने बानीलाई प्रवद्र्धन गर्न सरकारले आज नै दिन खुल्ला दिशा मुक्त देश घोषणा समेत गरिसकेको बताए ।

उनले जोखिम पूर्ण अवस्थाहरु बाहिरबाट घर फर्किएपछि, शौचालयको प्रयोग गरेपछि, बालबालिकाको दिशा धोएपछि, हातले मुख छोपेर खोकी वा हाच्छिउ गरेपछि, हात फोहोर भएमा, खाना बनाउनु, खानु, खुवाउनु अगाडी, अनुहान, नाक, मुख, आँखा छोएपछि हात धुने व्यवहार जीवनभर अभ्यास गर्नुपर्ने पनि डा गौतमको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ६ : ०४ बजे

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका