कोरोनाको ‘हट स्पट’ बन्दै काठमाडौँ, स्थानीय सरकारका आआफ्नै ताल | Khabarhub Khabarhub

कोरोनाको ‘हट स्पट’ बन्दै काठमाडौँ, स्थानीय सरकारका आआफ्नै ताल


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज मंगलबार, १३ असोज, सम्म काठमाडौँ जिल्लामा कोरोना संक्रमितको संख्या १८ हजार १३० पुगेको छ ।

देशभर हालसम्म सबैभन्दा बढी संक्रमितहरू भएको जिल्ला काठमाडौँ बनेको छ जहाँ कोभिड संक्रमित ८ हजार ४६५ जना उपचाररत अवस्थामा रहेका र ९ हजार ५७३ जना डिस्चार्ज भइसकेका छन् ।

हालसम्म काठमाडौँमा मात्र ९२ जना कोरोना संक्रमितहरूको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि काठमाडौँ जिल्लाका नगरपालिकाहरू आफ्नै ढङ्गले सक्रिय छन् ।

काठमाडौं महानगरसहित तारकेश्वर, टोखा, बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंखरापुर, कीर्तिपुर, चन्द्रगिरि र दक्षिणकाली गरी दशवटा नगरपालिका छन् । कोभिड-१९ संक्रमितको संख्या काठमाडौँ महानगरभित्रै बढी छ ।

नगरपालिकाहरूले कोभिड संक्रमण न्युनीकरणका लागि विभिन्न कदमहरू चालेको बताएका छन् । हाल कोभिडको हटस्पटका रुपमा देखिएको काठमाडौं जिल्लाका १० नगरपालिकाहरूले भाइरस संक्रमितहरूका लागि होम आइसोलेशनमा बस्न प्रेरित गर्दै पोषण भत्तासमेत दिएका ।

टोखा नगरपालिकामा पोषण भत्ता

टोखा नगरपालिकाले संक्रमितहरूलाई होम आइसोलेसनमा बस्न प्रेरित गर्ने र पोषण भत्ता दिने गरेको छ । नगर उपप्रमुख ज्ञानमाया डङ्गोलका अनुसार गत भदौ ३ गतेको नगरकार्यपालिका बैठकले आइसोलेसन बनाउने निर्णय गरेअनुसार ३ दिनमा १७ बेडको आइसोलेशन सेन्टर तयार भयो । होम आइसोलेसनमा बस्न समस्या हुनेहरूले आइसोलेशन सेन्टरमा प्राथमिकता पाए ।

प्रमुख डङ्गोलले होम आइसोलनमा बसेकाहरूलाई पोषणयुक्त खानाका लागि प्रतिव्यक्ति ३५० रुपैयाँका दरले पोषण भत्ता वितरण गरिरहेको उनल बताइन् । उनले भनिन्, ‘कतिपय अवस्थामा हामी घरमै गएर रकम वितरण गरिरहेका छौँ, अहिलेसम्म ९० जनालाई पोषण भत्ता दिइसकेका छौँ ।’

हालसम्म टोखा नगरपालिकाभित्र ४ हजार ५ सय जनाको पीसीआर परीक्षण गरिएकोमा ८२५ जना कोरोना संक्रमितहरू फेला परेका छन् । टोखा नगरक्षेत्रभित्र ३ जनाको मृत्यु भएको छ ।

कीर्तिपुरमा क्वारेन्टिन नै आइसोलेशन

कीर्तिपुर नगरपालिकाले जनस्वास्थ्य केन्द्रीय कार्यालयमा रहेको २ सय बेडको क्वारेन्टिनलाई आइसोलेशन बनाएको छ । नगर प्रमुख रमेश महर्जनका अनुसार त्रिभुवन विश्वविद्यालयको रिसर्च सेन्टरमा पनि २ सय बेडकै आइसोलेसन बनाइएको छ ।

उनले पीसीआरको दायरा फराकिलो पार्दै नगरमै पीसीआर ल्याब सञ्चालन गर्ने तयारी गरेको बताए ।

कीर्तिपुर नगरपालिकाभित्र ६५ जनामा कोरोना सक्रमण देखिएको छ । जसमध्ये ३२ जना महिला र ३३ जना पुरुष छन् । नगरको होम आइसोलेशनमा ६० र अस्पतालमा ५ जना रहेको महर्जनले बताए । होमआइसोलेशनमा रहेका कोभिड संक्रमितहरूलाई स्वास्थ्यकर्मीले निगरानी गरिरहेको उनले बताए ।

कोरोनामुक्त दक्षिणकाली

दक्षिणकाली नगरपालिका अहिले कोरोनामुक्त बनेको छ । नगरपालिकाभित्र केही दिन अघिसम्म ३३ जनालाई कोरोना संक्रमित थिए । नगरपालिकाले निर्माण गरेको आइसोलेशनमा बसेका ती संक्रमितहरू निको भएर घर फर्किएपछि नयाँ संक्रमित फेला नपरेको नगर उपप्रमुख बसन्ती तामाङ (डङ्गोल) ले खबरहबलाई बताइन् ।

‘नगरपालिकाभित्र समुदायस्तरमा कोरोना फैलिन पाएन, दक्षिणकाली नगरबाट काठमाडौँसम्म रोजगारीका लागि जानेहरूमा कोरोना देखिएको थियो’ उनले भनिन्, ‘संक्रमण फैलिन नदिन होम आइसोलेशनमा राख्यौँ, घरमा बस्ने वातावरण नहुनेलाई नगरले बनाएको आइसोलेशनमा ल्यायौँ ।’

उनका अनुसार दक्षिणकाली नगरपालिकाले ३० बेडको आइसोलेसन सेन्टर बनाएको छ । ‘कोरोना संक्रमण फैलिन बेर लाग्दैन, अहिले मुक्त भए पनि भोलिका लागि तयारी अवस्थामा भने हुनुपर्छ,’ उपप्रमुख तामाङले भनिन् ।

चन्द्रगिरि नगरपालिकाले काठमाडौँ बाहिरबाट आएकालाई लकडाउन हुँदादेखि नै क्वारेन्टिनमा राख्दै आएको छ । नगरपालिकाले जनप्रतिनिधि, स्वाथ्यकर्मी र कर्मचारी, १० वटा एम्बुलेन्स चालकहरूको १० लाखको बीमा गरेको नगर प्रमुख घनश्याम गिरीले बताए ।

नगरपालिकाहरूले नगरक्षेत्रभित्र कोरोना पोजेटिभ देखिएका बिरामीलाई होमआइसोलेसनमा र घरमा बस्न सुविधा नभएकाहरूलाई नगरले बनाएका आइसोलेसनमा राखेका छन् ।

पहिलोपटक कोरोना देखिएका र आइसोलेशनमा बसेका बिरामीहरूको स्वास्थ्य अवस्थाबारे नगरका प्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको टीमले निगरानी गरिरहेको नगरपालिकाका प्रतिनिधिहरू बताउँछन् ।

कागेश्वरी मनोहराका प्रमुख कृष्णहरि थापाले होम आइसोलेशनमा बसेकाहरूको पुनः स्वाब परीक्षणका लागि स्वास्थ्यकर्मी खटाएको उनीहरूको समस्या बुझ्न आफू पनि टोलटोलमा पुगेको बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  २ : ०८ बजे

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको