कोशी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि | Khabarhub Khabarhub

कोशी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरको कोशी अस्पतालमा मृत्यु भएका सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मृत्युपछि स्वाब संकलन गरेर कोशी अस्पतालकै प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा पुरुषमा संक्रमण देखिएको हो।

पुरुषलाई सोमबार दिउँसो २:४५ बजे अस्पतालको आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो। उनको केही बेरमै मृत्यु भएको थियो।

अस्पतालका आइसोलेसन संयोजक एवं वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवका अनुसार पुरुषको दिउँसो ३:०५ बजे मृत्यु भएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा राति ८ बजेतिर रिपोर्ट पोजिटिभ आएको हो।

पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासमा लगायत कोरोनासँग मिल्ने लक्षण रहेको उनले बताए।

मृतकमा कुनै दीर्घ रोग रहेको जानकारी नभएको डा. यादवले जानकारी दिए।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ९ : २८ बजे

काभ्रेको कुतालमा छ्योर्तेन निर्माण

धुलिखेल– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण

पठन-लेखन संस्कृति बढाउन कर्णालीमा ‘संस्कृति उत्सव’

कर्णालीमा पहिलो चरणको ‘संस्कृतिको उत्सव’ सुरू भएको छ । ‘खसभूमि

‘लगानी सम्मेलन अवसरको नयाँ ढोका, सरकारको उधारो प्रतिबद्धता चल्दैन’

सरकारले यही वैशाख १६ र १७ मा गर्न लागेको चौथो

व्यासमा जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाइने

काठमाडौं– व्यास नगरपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

व्यासमा प्लास्टिक झोला निषेध

दमौली– तनहुँको व्यास नगरपालिकाले आगामी जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक