इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित | Khabarhub Khabarhub

इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानमा कोरोनाभाइरसको महामारीको तेस्रो चरण शुरु भएको छ । सरकारी अधिकारीहरुले देशको ३२ प्रान्तलाई खतरापूर्ण क्षेत्रका रुपमा घोषणा गरिएको जानकारी दिएका छन् ।

मध्यपूर्वका देशमध्ये इरान कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित देशमा पर्दछ । यहाँ आइतबार थप १९५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।

इरानमा कोरोनाका कारण अहिलेसम्म २५ हजार ५८९ जनाको मृत्यु भएको छ । गत फेबु्रअरीमा पहिलो चरणको महामारी फैलिँदा दैनिक ३५ हजारभन्दा बढी सङ्क्रमित भएका थिए । त्यतिबेला दुई महिनामा दुई सयको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिमा साडाट लारीले अहिले पनि दैनिक तीन हजार ३६२ भन्दा बढी सङ्क्रमित भएको जानकारी दिए ।

इरानमा अहिलेसम्म चार लाख ४६ हजार ४४८ जना सङ्क्रमित भएका छन् । अहिले अस्पतालमा एक हजार ३७७ जना रहेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ७ : २२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका