कोरोना भाइरसबाट विश्वमा १० लाखभन्दा बढीले ज्यान गुमाए | Khabarhub Khabarhub

कोरोना भाइरसबाट विश्वमा १० लाखभन्दा बढीले ज्यान गुमाए


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । कोरोनाका कारण विश्वका हालसम्म २ सय १५ मुलुकका गरी कूल १० लाख ६ हजार ९० जनाले ज्यान गुमाएका छन् ।

पछिल्ला विवरणहरु अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३५ लाख ४२ हजार पुगेको छ । त्यस्तै कूल सङ्क्रमितमध्ये दुई करोड ४८ लाख ६८ हजार निको भएका छन् भने करीब ७६ लाख ७० हजार जना सक्रिय सङ्क्रमित छन् ।

कोरोना भाइरसका संक्रमितमध्ये विश्वभर अझै पनि ६५ हजार व्यक्तिको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या ७३ लाख ६१ हजार नाघिसकेको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणपछि २ लाख ९ हजारभन्दा बढीको ज्यान गएको छ भने ४६ लाखभन्दा बढी निको भइसकेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा ३७ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

पछिल्लो विवरण अनुसार विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६१ लाख ४३ हजार १९ जना सङ्क्रमित भएका छन् । भारतमा कोरोना संक्रमणपछि ९६ हजार ३५१ जनाको ज्यान गइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् भने ७ सय ७७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा करिब ४७ लाख ४८ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४२ हजार १६१ जनाको मृत्यु भएको छ ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार ३०० भन्दा बढीको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

रसियामा पछिल्लो २४ घण्टामा करीब ८ हजार नयाँ संक्रमित थपिएका छन् भने हालसम्म ११ लाख ५९ हजार ५७३ जना संक्रमित पुगेका छन् ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

नेपालमा हालसम्म ७४ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कारण हालसम्म ४८१ जनाले ज्यान गुमाएका छन् भने ५४ हजार ६४० जना निको भएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ७ : ०१ बजे

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख ६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार

भैरवको रथ तानेर बिस्केट जात्रा सम्पन्न हुँदै

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट