‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसम्यानको निधन | Khabarhub Khabarhub

‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसम्यानको निधन


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलिउडका चर्चित अभिनेता चाडविक बोसम्यानको निधन भएको छ । सन् २०१८ मा रिलिज भएको फिल्म ‘ब्ल्याक प्यान्थर’ का शीर्ष अभिनेता बोसम्यानको शुक्रवार निधन भएको हो ।

४३ वर्षीय यी अभिनेताको अमेरिकाको लस एन्जल्सस्थित निवासमा निधन भएको जनाइएको छ । उनलाई पेटको क्यान्सर थियो ।

मार्भलको फिल्म ‘ब्ल्याक प्यान्थर’ मा उनले सुपरहिरोको भूमिका निभाएका थिए । यो फिल्मबाट उनले विश्वव्यापी चर्चा कमाएका थिए ।

चार वर्षअघि क्यान्सर भएको पत्ता लागे पनि उनले आफूलाई क्यान्सर लागेको सार्वजनिक गरेका थिएनन् ।

बोसम्यानले हावर्ड विश्वविद्यालयबाट स्नातक गरेका थिए । पछि उनले अभिनय यात्रा थालेका थिए । शुरुवाती दिनमा उनी स–साना भूमिकामा देखिएका थिए ।

सन् २००८ बाट फिल्ममा डेब्यु गरेका बोसम्यानलाई सन् २०१३ मा रिलिज भएको ‘४२’ ले चर्चा दिलाएको थियो । यो फिल्म अमेरिकी खेलाडी ज्याकी रोबिन्सनको जीवनमा आधारित छ ।

मार्भलले ब्ल्याक प्यान्थरको दोस्रो सिक्वेल बनाउने घोषणा गरेको थियो । मार्भल सिरिजका फिल्ममा उनले महत्त्वपूर्ण भूमिका निभाउँदै आएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  १० : १६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका