घरेलु खानपानबाटै कम हुनसक्छ टाउकोको दुखाई « Khabarhub
Logo
१९ श्रावण २०७७, सोमबार

घरेलु खानपानबाटै कम हुनसक्छ टाउकोको दुखाई



सांकेतिक तस्वीर

आजकल टाउको दुख्ने समस्या आम समस्या बनेको छ । गर्मी, कामको चाप, चिन्ता तथा अन्य कारणले पनि टाउको दुख्ने गर्दछ ।

सामान्यतयाः मानिसहरु टाउको दुख्ने वित्तिकै आफखुसी पेन किलर किनेर खाने गर्दछन् । तर यस प्रकारको औषधी सेवनले स्वास्थ्यमा विस्तारै गम्भीर असर देखा पर्दछ । तसर्थ टाउको दुखाईबाट बच्न घरेलु उपाय अपनाउनु राम्रो हुन्छ ।

१. अदुवाको चिया
अत्यन्त धेरै टाउको दुख्यो भने अदुवा हालेको चिया पिउनु लाभदायक हुन्छ । अदुवामा हुने एन्टी–इन्फ्लेमेटरी तत्वले दुखाई लाई कम गराउँन भुमिका निर्वाह गर्दछ ।

२. कफि
टाउको दुख्ने समस्याबाट राहत पाउन कफिको सेवन पनि उपयोगी हुन्छ । कफिमा पाइने क्याफिनले दुखाई कम गराउँछ । यसले पेन किलरको काम गर्छ ।

३. मसाज
पटकपटक टाउको दुख्ने समस्या छ भने टाउकोलाई तेलले मसाज गर्नु पर्दछ । मसाज गर्दा कपालको जरासम्म तेल लगाएर हल्का पटक पटक टाउको दुख्ने समस्याबाट लाभ मिल्दछ ।

४. गाईको दूध सेवन
यदि औषधी सेवनले समेत टाउको दुखाई नियन्त्रण भइरहेको छैन भने नियमित गाईको दूध पिउनुहोस् । मन तातो दूध पिउँदा टाउको दुख्ने समस्या विस्तारै कम हुँदै जान्छ ।

५. पानी पिउनुहोस्
साधारण टाउको दुखाईबाट राहत पाउन एक गिलास पानी पनि उपयोगी हुन्छ । अझ मनतातो पानीमा कागतीको रस हालेर पिएमा टाउको दुखाई बिस्तारै कम हुँदै जान्छ ।

६. चिनी र धनियाँ
रुघाखोकी वा ज्वरोका कारण टाउको दुखेको खण्डमा चिनी र धनियाँको पाउडर मिसाएर बनाएको एक गिलास पानीको घोल पिउँदा तत्काल आराम मिल्दछ ।


भर्खर

0