चितवनमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण | Khabarhub Khabarhub

चितवनमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ ।

नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो ।

सवस्टेशनमा राखिएका १३२/३३ केभी र ३० एमभीएका दुई पावर ट्रान्सफर्मरमध्ये एउटा नोलोडमा चार्ज गरिएको छ ।

हेटौँडाबाट भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई सवस्टेशनभित्र छिराएर बाहिर निकाली सफलतापूर्वक चार्ज गरिएको आयोजना प्रमुख रमनराज शर्माले जानकारी दिए ।

अब लोड दिएर चार्ज गर्ने तयारी गरेको उनले बताए । हेटौँडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई त्यस क्षेत्रमा आपूर्ति गर्न पूर्वी चितवन सवस्टेशन निर्माण गरिएको शर्माले जानकारी दिए ।

‘त्यहाँबाट स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि ३३/११ केभी, १६.६ एमभीए पावर ट्रान्सफर्मर आइतबारदेखि चार्ज गरिएको छ, सवस्टेशन स्वचालित प्रणालीको सञ्चालन र ११ केभी फिडरबाट केही दिनमा विद्युत् वितरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ’, उनले भने ।

सवस्टेशन सञ्चालनमा आएपछि प्राविधिक चुहावट घट्ने, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने उनको भनाइ छ ।

अहिले भरतपुरमा रहेको १३२ केभी सवस्टेशनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३/११ केभी चैनपुर सवस्टेशनमार्फत पूर्वी चितवनमा विद्युत् आपूर्ति भइरहेको छ ।

लामो दूरीका कारण लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या हुँदै आएको छ ।

पूर्वी चितवन सवस्टेशनबाटै विद्युत् आपूर्ति हुन थालेपछि भरतपुर सवस्टेशनको लोड पनि काम हुनेछ । पूर्वी चितवनको समस्या पनि समाधान हुने आयोजनाले जनाएको छ ।

आयोजनाको अनुमानित लागत ५४ लाख अमेरिकी डलर छ । आयोजनाको काम विसं २०७५ असारदेखि शुरु भएको थियो । गत चैतभित्रमा सञ्चालन गर्ने लक्ष्य राखिएको सवस्टेशनको निर्माण विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित हुँदा केही ढिला भएको हो । लकडाउनपछि अहिले बाँकी काम धमाधम भइरहेको छ ।

सवस्टेशन निर्माणको जिम्मा सिक्युएनइसी–एनएचई निर्माण कम्पनीले पाएको थियो ।

स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि हर्दीबाट पर्सा सवस्टेशनसम्म करिब १० किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन र ११ केभी वितरण लाइन पनि निर्माण हुँदैछ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ८ : ३२ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी

काठमाडौं– भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत्

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरूले