प्रधानमन्त्रीले जनताको अपमान गरेको भन्दै डा. लोहनीले दिए ४ सुझाव | Khabarhub Khabarhub

प्रधानमन्त्रीले जनताको अपमान गरेको भन्दै डा. लोहनीले दिए ४ सुझाव


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीले आफू बाहेक नेपालमा कोही देशभक्त छैनन् भनेर नेपाली जनताको अपमान गरेको बताएका छन् ।

राप्रपा अध्यक्ष लोहनीले सोमबार सामजिक सञ्जालमा सन्देश जारी गर्दै प्रधानमन्त्रीलाई चार बुँदे सुझाव समेत दिएका छन् ।

यस्तो छ उनको सुझाव

सम्माननीय प्रधानमन्त्री जी

१. विदेशी र स्वदेशी मिलेर नेपाल को नया नक्सा जारी गरे बापत तपाईलाई हटाउन प्रयास हुँदैछ भन्ने तपाईँको आरोप पढियो ।

२. तपाईँको विश्लेषण गलत छ किनभने तपाईलाई हटाउन तपाई आफै कसिएर लाग्नु भएको छ एक पटक शान्त भएर आफूले आफूलाई हेर्नुहोस् थाहा पाउनु हुनेछ ।

३. ठीक कुरामा जनता र दलहरुले तपाईँलाई सधै साथ दिएका छन् । तपाईँले भद्र भलादमी प्रतिपक्ष पाउनु भएको छ जो तपाईको हत्तपत्ति विरोध गर्दैनन् । नयाँ नक्साको बारेमा तपाईको पार्टी र अन्य सबै पार्टी तथा आम नेपाली जनताले तपाईलाई साथ दिएका छन ।

विचार गर्नुहोस् कुनै विदेशीको मुख हेरेको भए यो एकता संभव हुने थिएन र संसदबाट सिमाना सम्बन्धि प्रस्ताब निर्विरोध पारित हुने थिएन । यो देख्दा देख्दै अरुलाई विदेशीबाट संचालित भन्नु तपाई बाहेक अरु कोही नेपालमा देशभक्त छैनन् भन्नु हो । यो भनाइले तपाई सबै नेपाली जनताको अपमान गर्दै हुनुहुन्छ । आफु बाहेक अरु सबैलाई विदेशीबाट संचालित छन् भन्ने दृष्टीकोण तपाईको कमजोर र हतास मनस्थितिको परिचायक हो ।

४. तपाईको विरोध तपाईको श्री ३ शैलीको अधिनायकवादी र सर्वसत्तावादी सँस्कार, भ्रस्टाचारलाई राजनीतिको प्रमुख अंग संझने प्रवृत्ति र आफ्ना भारदारहरुलाई देश जति लुटे पनि लुट्न छुट दिने तपाईको नवसामन्ती प्रवृत्तिको कारणले हो ।

प्रजातन्त्रको नाममा आजको नयाँ पिढीले तपाईको भारदारी शासन स्वीकार गर्दैनन् । यदि म गल्ती हुँ भने तपाईँले ओम्नी काण्ड, यती जग्गा काण्ड, वाइड बडी जहाज कमीसन काण्ड, न्यारो बडी हवाईजहाज काण्ड, सुन काण्ड, एनसेल काण्ड जस्ता अनैको विवादको न्यायिक छानविन गर्ने घोषना गर्नुहोस् ।

साथै सबै दलका नेताहरुको सम्पत्ति छानविन गर्न अधिकार सम्पन्न आयोग गठन गर्ने हिम्मत गर्नुहोस् । तर यो दुइ बर्षमा सबैले देखिसके तपाई यो नवसामंतबादमा अडेको “नौलो बहुदलीय भारदारी जनबाद” अन्त गर्ने नैतिक हिम्मत तपाईमा छैन । त्यसैकारण तपाईका शुभचिन्तकहरु पनि तपाईबाट देश चल्दैन भन्ने निचोडमा पुगेका हुन् ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  १ : ४३ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द